~ममता पन्त मिश्र~
निष्ठुरीको मायामा हर रात रोइदिन्छ
आँसुले सिरानी भिजिदिन्छ, रात यसै बितिदिन्छ
कैले सुस्केरामा अल्झी बितिदिन्छ रातहरू
कैले कल्पनामा बल्झी निन्द उडिदिन्छ
घाउ बल्झेर पिडा बढ्छ निष्ठुरीको यादमा
नलाउने माया लाइदिँदा जिन्दगी बिरानी भइदिन्छ
रात यसै रोइदिन्छ, रात यसै बितिदिन्छ
टोलाउँछ आँखा निष्ठुरीको प्रतिक्ष्यामा
उदासिन्छ मन हतारिएर प्राप्तिमा
जलिदिन्छ मुटु, मुर्झिन्छ फूल हृदयमा
रात यसै रोइदिन्छ निष्ठुरीको सम्झनामा
निष्ठुरीको मायामा हर रात रोइदिन्छ
आँसुले सिरानी भिजिदिन्छ, रात यसै रोइदिन्छ
रात यसै रोइदिन्छ, रात यसै बितिदिन्छ
– ममता पन्तमिश्र (प्रकाशित समाचार दैनिक, २७ अप्रिल २०१९)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )