लघुकथा : औपचारिकता

~यकिना अगाध~

बाटोमा हिँड्दै गर्दा एउटा मोटरसाइकिलले ठक्कर दिएर उ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो ।

उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्यलाभाको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुले भीडभाड नगरिदिन गरेको आग्रहलाई समेत वास्त नगरी उनीहरु एकअर्काले उसलाई भेटिरह्यो । आफू पुगेर भेटघाट गरेको प्रमाण देखाउन धेरैजसोले त विमारीको छेउमा बसेर सेल्फी समेत खिच्न भ्याए ।

केही समयपछि उ निको भयो । तर अस्पतालमा लागेको उपचार खर्च चुक्ता नगरेसम्म डाक्टर र अस्पताल संचालकले डिस्चार्ज गर्न मानेनन् । उसले तिनै आफन्तजन र शुभचिन्तकहरुलाई सम्झ्यो । खबर पठायो ।

अघि शीघ्र स्वास्थ्यलाभको कामना गर्न तछाड मछाड गर्न आइपुगेका तिनीहरु अहिले भने कोही पनि देखा परेनन् ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.