~उमेश आचार्य~
अभावको सास फेर्दै,सुस्ताउँछ सल्लाघारी
भोज गर्छ छिमेकी चैँ,दिनौँ जङ्गे पिलर सारी
राष्ट्रीयता धितो राखी,सयौँ बने राहदानी
युवा खोज्दै गुहार माग्दै,रुन्छन् बाँझा खेतबारी
खाँडी बाट यौटा सपुत,फर्कीदै छ वाकसमा
ब्वाँसा उता आमा लुट्छन्,छोरो न’भा मौका पारी
मेरा बा’को रगत चुसी,फस्टाको छ शहर-बजार
बदलामा गाँउलाई, छ उपहार भोकमारी
मेरो देशमा पखलाले,दिनौँ मर्छन् बुद्ध्हरू
अस्पताल बन्द हुन्छ,छन् विदामा कर्मचारी