कविता : सिमानाको धार र पाइतालाहरू…

~केदार गुरुङ~

समयको—
हातदेखि चिप्लिएर
लडिरहेछन् केही वस्तुहरू
ठाउँ खोज्नलाई कि टुक्रिनलाई
कोही सही अर्थ लाइरहेछन् कि ?
परिवर्तन भइरहेछ—
शब्द र सिद्धान्तहरूमा
कायम राख्नलाई मात्र मर्यादाको
परिणाम क्रिया र कर्ताका भुलेर
फगत अनुक्रम मिलाउनलाई लहर बटुलेर आकाङ्क्षाको।
प्रक्रिया त होस्—
कुनै नयाँ प्रतिक्रिया जन्माउनलाई
किन त्यही योजना र कार्यक्रममा
सामूहिक दृष्टिको हनन गरेर व्यक्तिगत धारणामा
समस्त समूहको समुद्रलाई बगाएर सुकाउन दिइरहनु ?
पानी सुकेर आगो बलिरहेछ—
कहीँ कसैको घर उडेर भत्किरहेछ ।
भ्रम र भयको भुमरीमा बौलाएर भाग्नलाई
सबै आफ्नै बाटो लड्दै, उठ्दै हावामा दगुरिरहेछन्
सिमानासम्म पुग्ने दूरी कति र कस्तो छ ? पछ्याइरहेछन् ।।

– सिक्किम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.