~अनन्त लम्साल~
यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन ।
अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥
अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन ,
यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन ।
हाँसुँ रोउँ या रिसाउँ प्रेम-प्रसङ्ग जोडी हाल्छन,
अब मैँले दुधै पिउँ मित्रहरु सराव देख्छन ।
माया, शान्ति न सुरक्षा अँधेरो छ त्यो महलमा
आमा बिना बचेराले अझै के के अभाव झेल्छन !
पाठक सम्म भइनस् तँ तेरो औकात के ‘अनन्त’?
फर्की हेर त ! अचेल तेरा सबै साथी किताव लेख्छन ।