गजल : पढ्न पाइएन

~सदानन्द अभागी~

मन भित्रको वेदनालाई पढ्न पाइएन
जवानीको सुन्दर डाली चढ्न पाइएन

सफल तिम्रो हितको लागि दिलभयो खाली
प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन

आजकल हिंडाइ डुलाइ त्यतैतिर भा’छ
प्रेमरूपी सुन्दर गुलाफ जड्न पाइएन

जीवनजल पानको स्वाद संसारले लिन्छ
अग्निज्वाला दनदनाउँदा डढ्न पाइएन

हामी दुईको मिलन बिन्दु नजिकिँदै आछ
दिल मिलाई मिलाई कन बढ्न पाइएन

सदानन्द अभागीको समभोग–समाधि गजलसङ्ग्रहबाट

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.