~राममान “तृषित”~
तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ
हुने भए मुटु काती दुवैलाई आधा आधा
बाडीदिउ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
तिम्रो लागि उनीले आफ्नो इच्छाहरू मारिदिइन
तिमीलाई देख्ने मेरा यी आँखा उघारिदिइन
यस्तो लाग्छ किन कुन्नि तिमी दुवै एउटै जस्तो
दुवै उति प्यारो लाग्छ
तिम्रो पनि माया
तिमीसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनि घाम लागिदिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न तिमी दुईमा एउटै हावा
एउटै पानी जस्तो लाग्छ
तिम्रो पनि माया
शब्द : राममान त्रिशित
सङ्गीत : शिवशङ्कर मानन्धर
स्वर : रुबी जोशी