~बिभोर बराल~
आफ्नो स्वार्थ पूरागर्न सबथोक गर्छ मान्छे
मुहारमा झुठको अनेक बुट्टा भर्छ मान्छे
कसैको मनमा के बित्छ उसलाई के मतलब
काम फत्ते गरेपछि अन्तै डेरा सर्छ मान्छे
शिखर तर्फ जति नै अघि बढे पनि
नैतिकताको बोटबाट ओइली झर्छ मान्छे
अरूलाई लडाएर आफू उठ्न खोज्दा
आफूले खनेको खाल्डो भित्र आँफै पर्छ मान्छे
त्यही बाटो हिँड्ने अचेल कोशिश गर्दैछ ‘विभोर’
एक्लै भेटे उसको पनि सातो हर्छ मान्छे
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 13 – Paush, 2062)