~राममान “तृषित”~
झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ
खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ
झूठ
यती राम्रोसँग गल्तीलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु
डाकेको बोली पनि गीत जस्तै तिम्रो गलाको तारिफ गर्छु
नजाती कस्तो मेरो स्वप्नबाट शङ्का हजार भगाइदियौ
झूठ
यसरी यो वागमा आयौ कि अर्को कुनै फुल देख्नै नसक्ने भए म
त्यति नजिकै पुगेछु कि तिम्रो कुनै भुल देख्न नसक्ने भए म
लाग्छ मलाई सधैँ स्वर्गबाट नौलो बहार मगाइदियौ
झूठ
शब्द : राममान त्रिशित
सङ्गीत : शिवशङ्कर मानन्धर
स्वर : हेम गोपाल