गीत : मेरो सम्झना हौ तिमी

~देवराज निरौला~

भावना हो गीत मेरो सम्झना हौ तिमी
हृदयमा तश्विर बनी छाइरन्छौं सधैंभरी
गीतै गीतमा तिमीलाई पाइरहन्छु म
शब्दहरु सापटी ली माया दिन्छु म ।।

आऊ तिमी हामी मिली जीवनको गाऊँ गीत
सँग सँगै नाचौ अनि लाऊँ मया प्रित ।
भावना नै माया अनि संगीतको धुन
आकाशमा चम्किदिने पूर्णिमाको जुन ।

संगीत र माया नभए जीवनको के अर्थ छ
त्यस्तै तिमी नभएमा मेरो के अस्तित्व छ ।
शब्दहरु बन तिमी आकार म दिन्छु
ओठभरी गाइरहने अमर गीत बनाउँछु ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.