कविता : अन्योलग्रस्त भयो नेपाल

~प्रविण घिमिरे~

शान्ति क्षेत्र थियो नेपाल
भएछ आज ज्यादै अशान्त
हत्या हिंसा वढ्दो छ
दिनहु भएकै छ भिडन्त ।

नारीको सिउँदो पुछिने क्रममा
नावालक टुहुरा भएका छन्
परिवार शोकाकुल हुँदा हुँदा
चुडिएको छ उनीहरुको मन।

नेपाल वन्दको गन्ध हरायो
शैक्षिक हड्तालहरुको आयो
त्रसित र पिडित सवै भन्छन्
फलस्वरुप देशले के पायो।

नेता जति भ्रष्टाचार गर्दै प्रतिगमन सच्याउन ब्यस्त
जनताको कुरा सुन्ने कोहि भएनन्
उनीहरुले शान्ति र सुरक्षाको
अनुभुति दिलाउने नेता पाएनन्।

देश दिनहुँ गिर्दो स्थितिमा
गुज्रिरहेको छ यसै पनि
हत्या हिंसा त्यागौं अब
शान्ति वार्ता गरौं अनि ।

देशको राजनैतिक स्थितिले
विश्वमा नेपाल विरानो होला
अन्योलग्रस्त नेपाल देखी
दातृ राष्ट्रमा नकारात्मक सोचाइ पर्ला।

सवैले मित्रताको भावना सिंगारौं
नेपाललाई हिंसा र द्वन्द्व रहित बनाउँ
शान्ति, सुव्यवस्था, अमनचयन ल्याई

यसरी देशलाई स्वर्ग झैं सजाऊ ।।

Prabin Ghimire
Balaju, Kathmandu

(स्रोत: तन्नेरी डट कम – Issue 3 – Falgun, 2061)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.