काल्पनिक कथा : आम्रपाली

~जीवनकुमार शाक्य~

मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् । त्यो दाईको घर कहां हो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा मोबाईलको व्यवस्था गरिदिएकोछु । म कहां आउने बिहानै ६ बजे आए पछि सांझ सातबजे प्रस्थान गर्नुपर्छ र सांझ आएपछि बिहान ६ बजे प्रस्थान गरि सक्नुपर्छ । यस्को लागि दुर्इ किसिमको दर राखेकिछु । बिहान आउनेले एक हजार तिर्रपर्छ र सांझ आउनेले पन्ध्रसय तिर्नुपर्छ । एक हप्ता बस्न चाहनेले पांच हजार दिएपुग्छ । ग्राहकलाई सबै सुबिधा उपलव्ध गराएकिछु । को आउंदैछन् कस्तो व्यक्ति आउंदैछन् क्यामेराको व्यवस्थाले सबै थाहापाउंछु । म कहां सामान्य देखि बिशिष्ट व्यक्तिहरु सबै आउंछन् । मलाई छिल्लिएको पटक्कै मन पर्दैन । जो आउंछन् सबै भन्दा पहिला नुहाएर फ्रेस हुने अनि तातो चिसो के मन पर्छ कफि,चिया,चीसो पेय् पदार्थमा केवल कागतीको सर्बत मात्रै । त्यसपछि खानेकुरा के मन पर्छ म कहां केवल शाकाहारी सामग्रीको मात्रै व्यवस्था छ । अनि मदिरा मा व्हिस्की र जिन लगाएत अन्य व्यवस्था गरेकि छु चार पेग भन्दा बढी पटक्कै व्यवस्था छैन । शारिरीक सर्म्पर्क गर्न चाहेमा बढिमा दुर्इपटक सम्म मात्रै तर साधन प्रयोग अनिवार्यछ ।

मासिक आम्दानीको लेखाजोखा मैले गर्दिन संयोग दाईलेनै गर्छन् । हप्तामा एक पटक मलाई रकम ल्याएर दिन्छन् । दुबै जनालाई आवश्यकताअनुसार खर्च गर्न अनुमति दिएकिछु घर जानु परेमा एक हप्ता अगाडी खबर गर्न भनेकि थिएं तर अहिले सम्म गएका छैनन् । सायद मलाई मायां गर्छन क्यारे । मैले टि.भि. हेर्दिन पत्रिका पढ्छु । कम्प्युटरमा समय सदुपयोग गर्छु । ग्राहक आउनु भन्दा अगाडि रेस्ट रुममा व्यवस्थित भएर बस्छु । कोठामा अश्लिल तस्विरुहरु केहि राखेको छैन सगीत पनि त्यति साह्रो सुन्दिन कहिलेकाहीं पुराना आधुनिक गीतहरु सुन्छु र कोठामा सितारको मधुरो संगीत गुन्जीरहेको मन पर्छ । जो ग्राहक आउंछन् अचम्म मान्छन् । वास्तवमा म एक लखपती वेश्या त हुं नि,तर टोल छिमेकका मान्छेहरुले मलाई देखेका पनि छैनन् सर्म्पर्क पनि छैन । के गर्ने मैले जिन्दगिलाई यसरी व्यवस्थित गरेकिछु । मलाई कुनै पछुतो पनि छैन उदासीनता पनि छैन जे छु ठिकैछु कसैको सहानुभूतिको आवश्यकता पनि चाहएकोछैन । आमा बुवा कहांछन् मरे कि बांचे थाहा छैन त्यति सम्झना पनि आउंदैन केवल मलाई जन्म दिएकोमा कृतज्ञता चढाउंछु । समय समयमा पत्रिकामा लेख पठाउंछु । लेखबाट पनि महिनामा खाजा खर्च उठेको छ यद्यपि यो मेरो शौक मात्रै हो जिविकोपार्जनको लागि होईन ।

एक रात एक जना युवक झोला बोकेर रातीको ११ बजे मेरो कोठामा संयोग दाईले ल्यायो । युवकलाई निस्लोट जोरो आएको रहेछ । हेर्दा सम्पन्न परिवारको जस्तै थियो मैले अतीथि कक्षमा राखें । युवकले हात जोडेर अनुरोध गर्यो प्लिज म अहिले आराम सित सुत्न चाहान्छु हुनसक्छ भने एक ट्याब्लेट सिटामोल दिनुहोस । मैले सिटामोलको व्यवस्था गरि दिएं । अनि उ लुगा फेरेर खाटमा पल्ट्यो मैले कुनै डिर्स्र्टब गरिन “राती केहि चाहिएमा निस्फिक्री मेरो कोठामा आउनु” भनें युवकले हुन्छ भन्यो । मपनि आफ्नो कोठामा गएं । नम्रता आएर केहि चाहियो कि मेम- भनेर सोध्यो मैले नो थ्यांक्स भने ।

राती १बजे म भरखर बाथरुमबाट फर्केर खाटमा पल्टेकि मात्रै थिए युवक मेरो कोठामा आयो अनि भन्यो( मेम म तपाईंसित सुत्न चाहान्छु । मैले वक्के भनें उ आएर शिष्टतापुर्वक मेरो छात्तिमा अनुहार राखेर निदायो अरु केहि गरेन मपनि निदाईछु ।एउटा आनन्दको निद्रा लाग्यो यस्तो आनन्दको अनुभुति कहिल्यै भएन । युवकको जोरो कम भएको थियो यद्यपि निर्मूल भएको थिएन । उस्को टाउको उठाएर म उठ्न पनि चाहिन । मेरो छात्तिको लुगा सबै लुछुप्पै भिजेको थियो सायद उ रात भरि रोएछ क्यारे मैले उस्को कपाल मुसारेकि थिएं । बिहान ७ बजे उ उठेपछि लाज माने जस्तो गर्यो । म पनि उठेर बाथरुममा गएर फ्रेश भएं । नम्रताले चिया ल्याएर दिईन् युवक बाथरुम गएको थियो ।

बाथरुमबाट फर्केपछि अभिवादनको आदान प्रदान भयो । संगै चिया पियौं मैले कुनै परिचय मागिन को हो कहां बाट आउनुभयो कसरी आउनुभयो कुनै औपचारिकता पूरा गरिन । अनि युवकले भन्यो ( बस अबेला ल्याई पुगायो बसबाट ओर्लेपछि कसरी तपाईंकहां आईपुगें मलाई त्यति सम्झना छैन संयोगदाईले मलाई सहयोग गर्नुभयो ।

वास्तवमा म विदेश जानको लागि आएको थिएं । मैले कुनै प्रतिप्रश्न गरिन युवकले पटक पटक मेरो अनुहारमा हेरेर मुसुक्क हांस्थ्यो । मलाई उस्को हांसोमा कता कता प्रेम झल्केको पाएं । युवक र मेरो लागि परेठा भिण्डी फ्राई नास्ता नम्रताले ल्याईन् हामीले चुपचाप खायौं । सायद उ पनि अचम्म मान्यो होला कस्ती घमण्डी …. रहेछ भनेर । अनि युवकले नास्ता खाएपछि भन्यो मेम् सहयोगको लागि धन्यवाद अब म बिदा हुन्छु । मैले भनें मेरो नियम संयोगदाईले भन्नु भएनछ क्यारे । युवकले भन्यो सरी के नियम रहेछ – म कहां सांझ आउनेले बिहानै ५ बजे प्रस्थान गर्नुपर्छ त्यसपछि समय नाघ्यो भने त्यो दिनभरि आराम गर्नुपर्छ । युवकले खुसि भएर भन्यो ओहो यव त मेरो सौभाग्य हो । के मैले एक महिना पनि पेर्इङ गेष्ट भएर बस्ने सौभाग्य पाउनसक्छु -मैले भने (व्हाईनट योर सेटिशफेक्शन इज माई मोट्टो । त्यस पछि युवकले अनायास मलाई म्वाई खायो मैले पनि उत्तरमा म्वाई खाएं मलाइं अंगालो हालेर उ रोयो बेस्सरी रोयो।मैले किन रोएको भनेर प्रश्न पनि गरिन ।उ संधै हरेकपल मेरो छात्तिमा सुत्न चाहृयो । मैले त्यसै गरेर उस्लाई आफ्नो छात्तिमा सुताएर कपाल मुसारी रहें । उस्ले मलाई अरु लोग्ने मान्छे यौनपिपासुले जस्तै केहि गरेन केवल म्वाई मात्रै खान्छ हरेक पटक उस्को म्वाई लगभग प्रेम हुन थाल्यो तर मैले व्यक्त गरिन । अन्य ग्राहकहरुलाई संयोगदाईले फर्काई दिएछन् राम्रै भयो ।

युवकले चिया पिईसकेपछि म्वाई खाएर भन्यो मैले नाम सोधिन तपाईंले पनि सोध्नु भएन । मैले छोटो शव्दमा भनें ठिकै हो । के हो त तपाईको शुभ नाम -उस्ले भन्यो( तपाईले मेरो नाम राखि दिनुस हिजो सम्म जे थियो थियो । मैले उस्को नाम बिंम्बि भनें उस्ले अहा कस्तो नया नाम आई लाईक इट । मैले मेरो नाम आम्रपाली हो पहिला के नाम थियो मलाई थाहा छैन अनायास आफ्नै मुखबाट निस्केको हो । अनि मेरो बिंबिसार जिन्दगिको के योजना छ त -उस्ले भावुक भएर भन्यो( पर्खि रहेकोछु । मैले सोधें ( कस्लाई – उस्ले आंखाभरि आंसु गरेर भन्यो मृत्युलाई । मैले भनें( किन र मेरो समक्ष आएर नै मृत्युलाई पर्खनु परेको मेरो सेवामा कुनै कमि भयो कि – उस्ले भन्यो ( आम्रपाली † तिम्रो मायां पाएर त मलाई मर्न मन लागेको छैन तर मेरो मुटुको क्यान्सरले केवल एक महिनाको समय पर्खने रे । उस्को कुरा सुनेर उसप्रति झन मायां बढेछ तैपनि मैले कुनै कुरा व्यक्त गरिन । उस्लाइ सान्त्वना दिएर भनें ( बिंबि † मृत्यु एउटा ध्रुव सत्य हो कसैले रोकेर रोकिन्न यस्लाई सहर्ष स्विकार गर्नुपर्छ । बरु बांचुन्जेल सम्म आफुले अरुकोलागि के गर्न सकिन्छ त्यो विचार गरे जाति होला बरु तिमिसित भएको रकम क्यान्सर पिडित असहायहरुको लागि दान गरि देउ । उस्ले भन्यो ( एज यु लाईक † यस्तो लाग्छ तिम्रो मायां पाएर मेरो जीवनबिमा भएछ । आम्रपाली † तिमि साह्रै सुन्दरी छौ । मैले भने( त्यसैले त मेरो भाउ पनि बढीछ । मेरो रुपको लागि बढी रकम तिरेपनि कुनै गुनासो गर्दैनन् ।

हाम्रो यस प्रकार सहमती हुंदै गयो । हामी एक अर्का प्रति समर्पित हुंदै गयौं हाम्रो सहमती स्वतः हुंदै गयो । आजभोली पत्रिकाहरु पढछु साह्रै चिन्ता लाग्छ । सहमतीको नाउंमा आफ्नो अडान अरु माथि थोपरेर सहमती खोज्छन् ।मैले सहमतीको नाउंमा उ प्ति कुनै अधिकार जमाईन । मान्छेहरु भनुं कि नेताहरु अरुको दुःख कष्टको विचारै गर्दैनन् देशको र्सार्वभौमसत्ता प्रति पटक्कै मायां छैन ।

हाम्रो सहमती अन्ततः यस प्रकार भयो जे भयो बिगतलाई बिर्र्सौ जति दिन बांच्छौं सुख चयन संग बांचौं हाम्रो अन्त्यको शेषपछि संयोग दाईलाई २५ प्रतिशत २५ प्रतिशत नम्रतालाई बांकि बचेको अस्पतालहरुमा असहायहरुको लागि बिंबि(आम्रपाली ट्र्स्ट खोल्ने ।

बसि रहेको फ्ल्याट संयोगदाई र नम्रताको लागि । झ्यालको पर्दा खोलेर हेरें आज किन हो स्वयम्भू देखिंदैन बादलले ढाकेको रहेछ कस्तो उराठ उराठ । मस्त निदाएको बिंबि कहिल्यै नउठ्ने गरि सुतेछ । मुसुक्क हांसेर संधैलाई हांसिरह्यो ।

बिंबिको अन्त्येष्ठि टोलछिमेकको सहयोगमा सम्पन्न भयो । बिंबिको अन्त्यष्ठि भएको पनि एक महिना भएछ । मलाई उस्को नाममा सेतो साडी लगाउन मन लागेर लगाएं र बिधवा साबित भएं ।यद्यपि हाम्रो साथ बसुन्जेल यौन सम्बन्ध भएन । पवित्र भएर बस्यौं तर अरुले त के मान्लान लोग्ने स्वास्नी रहेछ भनेछन् ठिकै छ जे भने पनि सम्बेदना प्रकट गर्नेहरु छिमेकि लोकोचार पार्न आएका थिए । सबैलाई कुनै चिन्ता न मानेर भने( सबैले जन्मेपछि एक दिन सबै छोडेर जानुपर्छ । उहां पनि जानुभयो मलाई कुनै दुःख छैन दुःखि भएर फर्कने भए दुखि हुन्थें । तपाईंहरुले पनि दुःख नमान्नुहोला भनि पठाएं । सबैजना जो आउंछन् मलाई सान्त्वना दिने प्रयास गर्छन उल्टै मैले सान्तवना दिएर पठाउंछु । अचम्ह मान्छन् । रोएर के गर्ने – मलाई जन्म दिने आमा बुवा कहां छन् थाहा छैन मलाई साथमा नपाएर रोएका होलान् । जे जस्तो छु ठिकैछु कुनै हिनता बोध छैन कुनै दुःख छैन । केहि दिन बिंबिको मायां पाएको थिए । अब छैन त्यत्ति हो । संयोगदाई र नम्रताको मायां पाएकैछु यहि हाम्रो परिवार भएकोछ ।

यहि को मेरो दैनिन्दनी …………………………………………. †

भवतु सव्व मङ्गलम

लोकमन्च -२०६५ असाढ २८

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.