~ध्रुव गजुरेल~
कसैको जाल साझी , धम्की र विज्ञाप्तीले
हामी, हाम्रो शीर झुक्दैन स्वभीमान हाम्रो
शकुनी रुपी दया, माया अनी प्रेमले,
राष्ट्र ,राष्ट्रियता र झुक्दैन स्वाभिमान हाम्रो .
नेपालको अस्तित्व, राष्ट्रियता र सकल्पदेखी
नेपालको शुख, शान्ती र लोकप्रिय संविधान देखि
नेपाल, नेपालीपन, गौरव र धमण्ड देखि
विषालु साँपले टोक्न खोज्दैमा, झुक्दैन स्वभीमान हाम्रो
आफ्नै घर नमिलाई, अरुको फुटाउन खोज्दा
सोच्नै पर्दछ हामीले, आन्तरिक कुरा अरुले वोल्दा
अहिले दवाव दिइ, संविधान स्वागत नगरेपनि
विश्वजगतमा माथी छौ, झुक्दैन स्वभीमान पनि
पेट्रोल, ग्यास, डिजेल, मट्टितेल हाहाकार भएपनि
पैदल हिड्दै, खानै नखाइ, भोकै भएपनि
नाका बन्दको धम्की, अन्त्य गर्नको लागी
नेताहरु हो झुक्न पर्दैन, स्वभीमानको लागी
युद्ध क्षेप्यास्त्र, बम, गोला, र रकेटले गर्नै पदैन
पछि नफर्क नेताहरु, हाम्रो अधिकारको लागी
अन्तराष्ट्रिय संघ, संस्था र न्यायको लागी
सक्रियताका साथ अगाडी बढौ स्वमीमान झुक्नै पर्दैन
हाम्रा नाका र वाटोहरु कसैले चाहेर पनि
रोक्न र रोकिन सक्दैन, क्षतिपुर्तिको माग गरौ
अन्तराष्ट्रिय सन्धि, सम्झौता र न्यायको लागी
सुनौलो अवसर हो, पहल गरौ स्वभीमान झुक्न सक्दैन
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)