गीत : मलाई तिम्रो मुस्कान

~किरण खरेल~

मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन
मलाई तिम्रो इसारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

तिर्खाको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

शब्द : किरण खरेल
सङ्गीत र स्वर : शिवशङ्कर मानन्धर

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.