गजल : अनुमति लिन्छन् र जान्छन्

~चोमु शेर्पा “खुशी”~

कोहि दिलभित्र बस्ने अनुमति लिन्छन् र जान्छन्
जब बस्छन् अनि अथाह चोट दिन्छन् र जान्छन

आत्मीयता बढाएर हिड्छन यात्रामा सहयात्री
जब दोबाटोमा पुग्छ अनि छुटिन्छन् र जान्छन्

अवसरबादीहरुको नाङ्गो हस्तक्षेप भइरहन्छ यहाँ
आफू बच्नको लागि अरुको हक छिन्छन् र जान्छन्

पैसा पनि शोषण गर्ने अत्याचारी लाग्छ मलाई
निमुखाकै भागको खुशी किन्छन् र जान्छन्

समीप्यता देखाउछन् मान्छे स्वार्थ पूरा नहुँदासम्म
जब स्वार्थ पूरा गर्छन् विगत बिर्सिन्छन् र जान्छन्

– चोमु शेर्पा “खुशी”
मैवाखोला-४ साँघु ताप्लेजुङ
हाल दमक-१, झापा नेपाल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.