कथा : सिन्दुर

~जीवन खड्का~

जताततै खेतबारी हरिया थिए । धान खेतमा कतै पसाउँदै थिए त कतै पसाउने सुरमा थियो । वन र चउर पनि हरिया देखिन्थे । मकै पनि पोलेर खाने भैसकेका थिए भने कतै सुक्न लागेका थिए ।

एक दिन म बजारमा कम्प्यूटर पढ्न जानलाई तयार भएर हिड्नै लागेको थिए । करिब बा्रह बजेको हुूँदोहो । सिमसिम पानी परिरहेको थियो । यतिकैमा ढोकामा केही अनौठो आवाज सुनियो । को आयो भनी बाहिर हेर्न निस्के बुवा पो आउनुभएको रहेछ । भित्र आउनुहोस भनेरएक अम्खोला पानी ल्याएर दिए ।

मलाई अली हतार भएको हुँदा बुवालाई कोठामै बस्न आग्रह गरी कम्प्यूटर पढ्न निस्के । कम्प्यूटर पढेर तीन घण्टा पछि कोठामा फर्के । घरपुग्दा पाँच बजिसकेको रहेछ । त्यसपछि म खानपिनको काम गर्न जुटे । बुवा गाउँबाट आउनुभएकोले उहाँ भोकाउनुभएको होला भनी छिटोछिटो खाना तयार पारे । करिब साढे ६ बजेको हुँदो हो दुवै बाबुछोराले खाना खायौं । मलाई केही पढ्नुपर्ने भएको हुँदा म पढ्न बसे । पढ्न सुरु गरेको एक घण्टा वितेको थियो ।

बुवाले बोलाउनुभयो–‘‘म एउटा कुरा गर्न आएको थिए के भन्छस खै रु’’ बुवाको कुरा सुनेपछि मैले भने – ‘‘भन्नुहोस न के भन्नु थियो र ?’’

‘‘तेरो विवाह गरिदिनु प¥यो भन्ने सल्लाहा गरेका छांै तेरी आमा र मैले, म त त्यसैले यहाँ आएको ।’’

बुवाको कुरा सुुनेर म त अक्क न बक्क परिहाले के जवाफ दिनु रु आफूले त्यस्तो कुनै सोच नै बनाएको थिइन । म हेरेको हे¥यै भए । फेरी बुवाले किन लजाउछस भन्दै सम्झाउनुभयो–‘‘ यो त प्रकृतिको नियम हो, एक न एक दिन सबैले विवाह गर्ने पर्छ ।’’

‘‘अब उमेर पनि भयो एउटी राम्री केटी भेटिएकी छ केटी पनि सिलशोभवकी छे । कुनै खोट लगाउने मिल्ने छैन, यस्ती केटी सित्तिमित्ती पाइदैनन, के भन्छस मैले सबै कुरा चलाईसके ।’’ बुवाले थप्नुभयो । यती भनिसकेपछि मैले अली अनकनाउँदै भने–‘‘पढ्दै छु, न कुनै जागिर छ, विहे गरेर के गर्ने हो र रु’’ तर बुवाले मान्नुभएन ।

‘‘यो कस्तो मान्छे रहेछ हँ रु जे काम पनि समयमै गरेकै राम्रो हुन्छ, उमेरमै गरेको राम्रो, बुढेसकालमा विहे गरेको के राम्रो रु अहिले समय छदै विहे गरे केटाकेटी पनि हुर्किहाल्छन, हामी बुढाबुढी पनि अहिले हट्टाकट्टा नै छांै, आमा सधै बुहारी ल्याउनु प¥यो भनी कराउँछे, काम केही नगरे पनि खाना बनाइदिए कति हुँदो हो रु अब छोराको विहे गर्नु पर्छ, मेरो हातसरो त होला भनी मसंग झगडा गरिरन्छे । के गर्छस भन रु

म अक्कनबक्क भए । मेरो त अझै पण््ने रहर थियो । १२ कक्षामा भर्खर आएर कक्षा सुरु गरिरहेको बैशाखमा परीक्षा हुने अब परीक्षा दिएपछि सोचौला भन्दै मैले कुरा टार्न खोजे तर बुवाले मान्नुभएन । हैन तलाई के टाउको दुखाई भयो र श्र घरमै बस्छे आमाको हातसारो गर्छे । चुलोचौको गरिदिएपनि कती हुन्छ ।

अब छोरोछोरी ठुला भए सुख पाउँला भन्दा त यो मान्दैन । विहेको कुरा त चल्यो केटी को हुन त बुवा रु उही पाल्ला गाउँकी तल्ला घरकी माहिली छोरी, केटी राम्री छे, शुसिल छ, राम्रो परिवार, सुहाउदी छे । भन म भोली गएर सबै कुरा गरिदिन्छु । अझै म दोधारमा परे । के भनौ के भनांै भए । बुवाको कुरा नकार्न पनि राम्रो भएन । नकारांै भने बुवाले हैरानै गर्नुभएको छ ।

मैले फेरीम परीक्षा दिन्छु त्यसपछि सबै कुरा छिनौला भनी अनुरोधगरे । पढेको र सुशिल केटी अरु कसैले पनि आँखा लगाउन सक्छ, माग्न सक्छ, लैजान सक्छ, किन मन डुलाउछस र त रु पढ्दै गर्लास । ऊ घरमा हामीसंगै बस्छे । भगवानसरी बुवाको यो आग्रह मैले कुनै पनि हालतमा मैले नकार्न सकिन । उत्तर हुन्छ भन्ने प¥यो । करिब रातको ११, साढे एघार भएको हुँदो हो ।

मनमा ठुलो गाँठो पार्दै हुन्छ, कुरो अगाडि बढाउनुहोस, दशैतिर सबै काम सक्ने गरी भनी कुरा टुङ्ग्याइदिए अनी बाबुछोरा सुत्ने बन्दोबस्त गरिसक्यो । बुवा अर्को कोठामा सुत्न जानुभयो । म पनि सुत्न भनी ओछ्यान मिलाए र ओछ्यानमा पल्टिए तर निन्द्रा आएन । मनमा थुप्रै कुराहरु खेल्न थाले । मैले गल्ति गरे वा ठिक गरे म आफै अन्यौलमा परे । विवाह गरेर ल्याएपछि अर्काकी छोरीलाई दुःख दिनु महापाप हो ।

आफ्नो जागिर छैन, भोली बालबच्चा होलान । उसले पनि एसएलसी पास गरेकि छैन । बाँकी जीवन कष्टपूर्ण हुन्छ कि भन्ने ठुलो चिन्ता लाग्न थाल्यो । निन्द्रा नै आएन । घडी हेर्दा दुई बजिसकेछ । अब जवरजस्ति भएपनि निदाउने प्रयास गर्नुपर्छ पनि निदाउने प्रयास गरे ।

म विहानै उठेर क्याम्पस जानुपर्दथ्यो । बुवालाई पनि उठाएर खाना बनाएर खानुहोला भने र म पढ्न हिँडे । बुवा खानासाना खाएर घर जानुभएछ । वेलुका कुरा टुङ्गो लगाउने भनेर दहीठेकी, कसार बनाएर जानुभएछ । केटीका बुवाआमासंग कुरा भएछ । केटीका बुवाआमा र केटीले पनि स्वीकारेछन । दशैमा विहेको कुरा टुङगेछ । अनी घरमा आएर मलाई एक पटक केटीलाई भेट्न जाने खबर पठाउनुभयो ।

म शनिबार विहानै गाडी चढेर केटीको घरतिर लागे । फूपुको घर त्यही भएको हुँदा मलाई त्यतीअप्ठेरो त परेन । फूपुको घरमा गएर खाना खाए । एकछिन फूपुसंग दुःख सुखका कुरा गरे । गाईबाख्रा फुकाउने समय पनि भयो । अनी बाख्रा फुकाएर चराउन हिँडे । म पनि केही समय पछि त्यतै गए । तल ठुलो ढुङ्गा निर हाम्रो भेट भयो । अनी उनले बुवा मग्नीमा आएको सबै कुरा बताइन । हामीबीच दुःख सुखका धेरै कुराहरु भए । हामीबीच दुःख सुख र जीवनका धेरै कुरा भए । छुट्न मन नहुँदानहुँदै पनि भोलीको क्याम्पस भेटाउनुपर्ने भएको हुँदा म मनमा गो पार्दै अर्को पटक भेट गर्ने बाचा गरी सुर्खेत फर्किए ।

हामीबीच फोन नम्बर पनि साटासाट भएको थियो । हामीबीच कहिलेकाँहीकुरा फोनबाट हुन्थ्यो । यस्तै गर्दागर्दै दिन नजिकिदै थिए । भदौको महिना लाग्यो । जताततै साँझ परेको वेला तीजको भाका घन्किन्थे । यो गीतका भाकाले मनमा अनेकन उथलपुथल ल्याउथ्यो । खपीनसक्नु भएर कहिलेकाँही फोन गर्थे । मलाई पनि अनको विस्तारै माया बढ्न थालेछ । एकान्तमा हुँदा उनको याद आउन थाल्यो । हाम्रो तीजको दिन भेट्ने भनी सल्लाहा भयो ।

तीजनको अघिल्लो दिन फोन गरे तर उनको फोन उठेन । मलाई के भएछ भनेर निकै खुलदुलीभयो । मलाई खपीनसक्नु भयो । त्यहाँ नजिकै कसैको पनि फोन थिएन । ममा अनेक शंकाउपसंका उब्जिन थाले । मलाई छटपटी भयो । केही सोच्न सकिन एकाएक मनमा के भयो कुन्नी रु आँखाबाट आँसु बग्न थाले । मनै थाम्न सकिन । घुक्कघुक्क मुखबाट आवाजसमेत आउन थाल्यो । आफूलाई सम्हाल्न खोजे तर सम्हाल्न सकिन । अनी ओछ्यानमा पल्टिए । खै मलाई किन यस्तो भयो रु मैले कुनै कुरै बुझ्न सकिने । सिरानीमा घोप्टो पर्दापर्दै सिरानी नै लुथ्रुक भिजिसकेछ ।

त्यतीकैमा बाहिर चप्पलको आवाज सुनियो । म सम्हालिन खोज्दै थिए । मामा, ए मामा के गर्दै हुनुहुन्छ भन्दै भान्जीभित्र पसिहालिन । मेरो यो दुरअवस्था देखेर के भयो भनी निदिखुदी गर्न थालिन । मैले एउटा उपन्यास पढेको थिए । अलि मार्मिक रहेछ त्यसैले आँखाबाट आँसु आइहाल्यो भने । बल्लबल्ल छलेर, हाँसो दिएर छिट्टै पठाइ हाले । एक्कैछिन पछि बुवाले घरबाट फोन गर्नुभयो । छिटो घरमा आइज भन्नुभयो । मैले हुन्छ भनी फोन राखे । मनले सुखै दिएन ।

फेरी म कसैलाई फोन गरी उनलाई के भएको छ भन्ने खबर बुझ्न चाहे । अनी सोच्न थाले । एकैछिनमा एउटा साथी । नजिकैको साथीको नम्बर सम्झिएतर नम्बर कण्ठ थिएन । मोवाइलमा खोजे । त्यहाँ पनि भेटिन । फेरि अर्को एक जना साथीको नम्बर याद आयो । उसलाई फोन गरे । उसको फोनपनि उठेन । म एकदमै निरास भएर ओछ्यानमा गई पल्टिए । साँझ परिसकेको थियो । चारैतिरबाट खानाको ठिमोमिठो बास्ना आइरहेको थियो तर आफ्नो मन भने अघाइसकेको थियो ।

खाना नबनाउने विचार गरी त्यतिकै सुते तर निन्द्रा नै लागने । कतै रिस उठेर आउथ्यो कते मुटूभक्कानिएर आउथ्यो भने कुनै वेला राती नै उठेर हिँडांै जस्तो हुन्थ्यो । करिब ९÷१० बज्न आँटेको हुँदोहो बाहिर आँकाश गड्याङ्गुडुङ गर्दै पानीपर्न थाल्यो । केहीछिन पछि मोवाइलको घण्टी बज्यो । मोवाइल उठाएर हेरे । उही साथीको फोन रहेछ । उत्सुकतापूवर्क फोन उठाए । ‘‘हेला, ओ, जितु के छ, कता हो रु ए ठिकै छ म सुर्खेत तिरै छु । तिमि कता हो रु म पनि घरतिरै छु ।

तिमिले दिउँसो फोन गरेका रहेछांै । फोन चार्जमा थियो । अहिले हेरेको त मिस्डकल भेटियो अनी फोन गरेको । अँ, सुनन मलाई एउटा कुरा सोध्न थियो के , त्यसैले तिमिलाई सम्झेको थिए । अँ सोधन के कुरा थियो र त्यस्तो रु केही होइन या, त्यही तल्लाघरे माइली कता छन भनेर रु ए त्यो माइली, ऊ त हिँजो रातीपौइल गइ त । त्यतैतिरको केटाले लियो गरे । म त एक्कासी छाँगाबाट खसेसरी भए । हातबाट मोवाइल पनि खस्यो । फोन आफै खसेछ । खै त्यसपछि के भयो रु थाहा नै पाइन । मनमा अनेकन प्रश्न उब्जिए । घर जाने योजना केन्सिल गरी म यतै भोतारिए । भोलिपल्टबाट फेरी क्याम्पस सुरु भयो अनि रेगुलर क्याम्पस जान थाले ।

पछि विस्तारै सबै कुरा विस्तारै बुझे । धनदेखि महादेवका पनि तीन नेत्र भनेजस्तै एक जना सुर्खेतका धनी व्यक्ति गएका रहेछन । उनले गहनाले झपक्क पारेछन । आइमाइको चित्त, माखाको पित्त भने जस्तै यो सबै देखेपछि दुलहा नदेखेरै दुलाहाकी आमा र दिदी बहिनीसंगै हिँडिछे । तर घरमा पुगेपछि सबै बास्तविक खुलेछ । केटो चै शारीरिक अपाङ रहेछ । सबै कुरा बुझेपछि उसलाई बस्नु न हिँड्नु भएछ । म पनि मनमा गाँठो पार्दै सम्पत्तीमा कम्जोर भएकै कारण आज प्रेममा धोका खानु प¥यो ।

आजका मानिसहरु साँचो प्रेम गर्दा रहेनछन । प्रेम त केवल धनीसंग मात्रै गर्दा रहेछन भनेर चित्त बुझाए । करिब एक महिनापछि दशै विदामा म घर गएको थियो । विहान भरी खनजोत गरेर दिउँसो खाना खाएर बाख्रा गोठाला गएको थिए । खोलाको छेउमा त्यस्तै केटी देखे । म अन्यौलमा परे । विहे गरेर गएकी केटी कसरी यहाँ आइ रु मैले उसलाई बोलाउन पनि सकिन । विस्तारै नजिक जाने प्रयास गरे । नजिकै पुग्दा नभन्दै उही माइली । उसलै मलाई के देखेकी मात्रै थिइ । झम्टिहाली ।

बेस्सरी रुन थाली, कराउन थाली । म अच्चम्म परे । धन भनेरै अन्धो तरिकाले विवाह गरेकी केटीले किन यस्तो गर्छे रु मलाईकसैले देख्ला भन्ने लाज लागिरहेको थियो । म उनको अंगालकोबाट उम्कन खोज्दै थिए तर उ मान्दैनथिई । उसले बौलाह तरिकाले अंगालो हालेको देख्दा म डराए । आत्तिए । शरीरभरी चिरचिर पसिना आए । लाज लाग्यो । झण्डै चिच्चाउन परेको थियो । पछि छोडी गालमा टोकेर दाँतका छापै बसाली दिइ । म भाग्न खोजे तर झन विहाल भएर रुन थाली ।

आँसुका भल बगाउन थाली । त्यो अवस्था देखेर म पनि भावुक बन्न पुगे । अनी के भएको हो जान्न खोजे । ऊ रुँदै भन्न थाली–‘मेरी दिदी र थापा दाईले मोहनी लगाएर आज यो हालतमा पु¥याइदिए । मैले तिम्रो प्रेमलाई धनसंग तुलना गर्न खोजे, मैले जीवनमा ठुलो गल्ति गरे जितु मलाई माफ गर । म अब त्यो घरमा जाँदिन, मलाई समाल, म तिम्रै हुन चाहन्छु । जुनि त के जुनिजुनी तिम्रै बन्न चाहन्छु । जितु मलाई सम्हाल प्लीज, मलाई सम्हाल प्लीज, मलाई सम्हाल ।

मति मलाई सम्हाल्दैनौ भने म यो विष खाएर यही मरिििदन्छु । जितु मलाई सम्हाल । मलाई केही चाहिदैन बस तिम्रो साथ भए पुग्छ । बरु तिमिले जे गरेपनि सहन्छु, जे भनेपनि सहन्छु । म फेरी फर्केर त्यो घरमा जाँदिन । बौलाही अवस्थामा रुदै कराउन थालिन । म अन्यौलामा परे । ठिकै हो गल्ती स्वीकार्नेलाई माफ पनि गर्नुपर्छ । तर यो दुनियामा म मात्रै होइन सिङगो समाज छ । मेरा सम्पूर्ण आफन्त, शुभ चिन्तक छन । मलाई के भन्छन रु मेरो त्यो समाजमा इज्जत के हुन्छ रु मेरा मनमा अनेक प्रश्न उब्जे मैले केही निर्णय गर्न सकिन ।

उनी बौलाहीरुपमा कराइरहिन । जितु मलाई कसैले छोएको छैन । म कुमारी नै छ । यो समाजको अन्धविश्वासमा नपर । मेरो कुमारित्व लुटिएपनि म रजश्वला भएकै छु । नदिमा कति फोहोर बग्छ तर पनि नदिको पानीलाई दोष मान्दैनन । जितु नारी पनि कुमारित्व लुटिएपनि रजश्वला हुन्छ भने त्यो नारी पक्कै पनि शुद्ध र पवित्र हुन्छे ।

जितु मलाई विश्वास गर । उनका यी सबै कुरा सत्य त लागे तर यही समाजमा बस्नु छ । सबैले देख्दादेख्दै म उनलाई कसरी स्वीकार्न सक्छु अन्योलमा परिरहे । केही भन्नु आएन । बाख्रा पनि कहाँ छन पत्तै भएन । मलाई बाख्रको पिरलो थपियो अनी उनलाई माथी गएर बस्न आग्रह गरी आफू बाख्रा खोज्न हिँडे । उनी नमानेरै मेरो पछिपछि हिँडिन ।

बाख्रा भेटिएपछि समय ढल्किसकेको हुँदा बाख्रा घरतिर विस्तारै उकालो लागेको थिए । केही पछि बाख्रा घरमा पुगे र म बाख्रा हुल्दै थिए । एक्कासी बुवाले गाइत आइ, गू खाएर आई भनेको सुन । म सस्किए । मेरो होसह्वास उड्यो । म अत्तालिए । बुवाले हामीलाई बेस्री हकार्नुभयो । म चुप रहे। केही बोलिन । उनले भनिन्–‘‘बुवा मेरो शरिमा सिन्दुर परेको छैन ।’’

जीवन खड्का
मध्यपश्चिमाञ्चल विश्व विद्यालय
शक्षा विज्ञान संकाए प्रथम सेमिस्टार नेपाली बिभाग ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.