कविता : निष्ठुरी तिमी

~श्याम थापा ‘अविरल’~

अञ्जान छु, टाढिन खोज्छु, खै आउ म नेर भन्छौ
नजिकिन्छौ, आफ्नै सोच्छु, अनि मुखफेर भन्छौ।

भेटिनु छुटिनु दुबै प्रेम हो भन्छौ,
लेख भन्छौ कहानि, म लेख्छु, अनि केर भन्छौ।

प्रेम त एक विश्वास हो भन्छौ,
विश्वास गर्छु, र पनि प्रमाण देऊ लेखेर भन्छौ।

प्रेम साँचै अजम्बरी हुन्छ भन्छौ,
म डुब्छु, तिमी उत्रन्छौ, अनि खाउ जेहेर भन्छौ।
नजिकिन्छौ, आफ्नै सोच्छु, अनि मुखफेर भन्छौ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.