~अमृत सिङ थिङ~
तिमीले ठिक भन्यौं मेरो औकात यहि हो
बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो
भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ?
काम गर्ने दिन अनि सुत्ने रात यहि हो
मलाई चिन्छौ भनेनी चिन्दैनौ भने नि
रात भरी सिरानी परेको हात यहि हो
रक्सी खाएनी खाऊ जाड खाएनी खाऊ
आखिर खाए पछि लाग्ने मात यहि हो
अहिले पो तिमी कता पुग्यौं म कता छु
एकै साथमा रमाउने वर्षात यहि हो
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )