कविता : नेपालपुर

~भुपाल सापकोटा~

ए सुन त, थाहा पाईस तैंले ?

टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले
ती नेपालपुरे मुखिया थिए नि,
तिनको बर्षौ देखिको
अध्ययन, अनुसन्धान, परिमार्जन
त्यो एकमुखे रुद्राक्ष्यको
कलेक्सन उडायो अरे नि !!
मुखिया,
बडा सोखिन मान्छे !!!

अनि के अरे भने,

धेरै पहिले सत्य युगमा त्यस्तै हुदाँ,
हुरी आउँदा; धुलो तुवाँलो बनेर
नेपालपुर डाँडाको चुचुरोमा
मेक्सिकोको हावा संग मिसियो भने
त्यहाँ १५ दिनसम्म इन्द्रेणी देखिन्थ्यो रे !

अनी वर्षा हुना साथ
त्यो अमृत बन्थ्यो रे !!

त्यस्ता सत्य युगका महाराजले
बसाएको बस्ति हो यो नेपालपुर !
त्यति पुरानो बस्ति हो यो नेपालपुर !!

साँच्चै हो भन्या यो नेपालपुर ??

हो त !!!
पाताले खोलाको बगर
विरक्ति डाँडा को फेदी
नेपुरेहरुको धर्मथलो !

सुन्छस ?

झर्दा ३ मिनेट
चड्दा ३३ दिन लाग्ने जस्तो
बार्ह विशे अप्सराकोको सिनित्त परेको ढाड जस्तो
सम्झिदै कहाली लाग्ने भिर !

ल है ! सुन है !

ती थकित तर हर्सित
मनका दुई-चार अत्यास
प्यासिफिकको सदाबहार मनचिसो बतास
शरदका यादहरु अनी
भर्खर मिर्मिर हुन थालेको
त्यो बसन्त ऋतुको प्रकाश,
र चारैतिर मस्त हरियाली !
वाह, क्या दिन छ आज, नेपालपुरमा !

अनि छ नि,

पहारिलो घाम देखि
ध्यानका कुरा
सृष्टिका कुरा देखि
बिद्या अनी ज्ञानका कुरा
निला आकाश देखि अन्तरिक्ष,
राजनीति देखि एम.आई.टि अनि
बिज्ञान देखि आयुर्बेदका कुरा !
लक्ष्मी देखि धनचक्कर
धर्म देखी आस्था र बिश्वासका कुरा
बिरेन्द्र देखि नेपुर महाराजका कुरा !
ट्रंपका बाचाका कुरा !
सम्भावनाका कुरा !!

बुझिस ?

लघु उखान बारेका लघुकथा
लघु गजल बारेका मनशा !
पर्दा पछिको
त्यो संगीत यन्त्र !

कुरो के भने ?

सिंगीङ बउल देखी
‘नितासुत्र’ का मन्त्र
गुन्जिने अनि
सुरज र चन्द्र संगै झुल्किने
त्यो नेपालपुर !
वाह, क्या नेपालपुर !!

जय नेपालपुर !!
जय नेपाल !!!

———————————————————————————————

नेपुर = नेपालपुर (Ref : शंखमुलको नेपाल टप क्याफे)
नेपुरे = नेपालपुर का बासिन्दाहरु

बुधवार मार्च २3
बिहान 10 देखि दिउसो १३ बजे
San Rafael, CA

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.