~साधना शर्मा~
त्यहाँ तहस-नहस् हुँदा, यहाँ मनमा ग्लानि भो
तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !!
तिमीलाई साथ दिंदै गए कैयन् घरहरु
हजारौं मरे-र भाँचिए लाखका ती भरहरु
खबर सुन्दा मात्र यता आंखा पानी-पानी भो
तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !!
फेरि अग्लो-सग्लो तिमीलाई बनाउन पाएहुन्थ्यो
“फिनिक्स्” जस्तै देश मेरो भनाउन पाएहुन्थ्यो
नलाग्नेथ्यो पीर अनि नभन्नेथें ग्लानि भो
भन्दिनथें शान मेरो मेटिएर खरानी भो!!
भन्ने-थिंन शान मेरो मेटिएर खरानी भो!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)