गीति कविता : आमा

~आशांक उपाध्याय~

भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु !
फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !!

म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा !
राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!

तिमीले मलाई कतिपो दियौ तिर्न त सक्दिन !
यो प्राण हून्जेल सम्मलाई मैले तिमीलाई भुल्दिन !!

के मात्र बांकी राख्यौ र आमा मलाई पाल्नलाई !
कतिको मेला धायनौ आमा यो पेट भर्नलाई !!

आफुले झुत्रो छोडीनौ आमा यो ज्यान ढाक्नलाई !
कहिले पनी थाकिनौ आमा सक्दिन भुल्नलाई !!

अहिले पनी त्यों माया मलाई घटेको छैन नि !
यतिका माया यो मेरो मनमा अटेको छैन नि !!

नसुक्ने तिम्रो मायाको कुवा मुलपानी जस्तो हो !
तिमी त मेरो जिन्दगी भर कै अमूल्य बस्तु हौ !!

– सर्लाही, जनकपुर, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.