~दीपक कुमार ज्ञवाली~
थाम न मलाई गल्यो मेरो शरिर ।
पृथ्वी कापे झैं भयो थर्थर
पिपलको पात झैं भयो फर्फर ।
झूटो कि साँचो तिमी बोलीरहेको
टट्यायो कान मेरो कति ट्वार ट्वार गरेको ।
जहाँ को तही छु नेटो काट्न सकिन
तर्न नै सकिन यो जीवनको जंघार
देख्दछु सुकिला , चिल्ला पुष्ट मुुहार
जोडेका महल गाडी सुन्दर घरबार
सपना कि विपना परें म त अलमलमा
गरिवको दुहाई रहेछ भर्याङ चढाई
चाहिदैन मलाई महगीको उपहार
न पठाऊ कोसेली कुशासन र भ्रष्टाचार
नलगाईदेऊ अगाडी बेथीति र अत्याचार
भ्रममा परे कि सपना कि विपना
चिमोट्दा आफैले दुख्छ आफ्नै शरिर
बिक्षीप्त मन मस्तिष्क के कसो गरुँ
खातका खातछन् देश जनताका समस्या
संभव नहोला आजै भोली बन्न नयाँ संरचना
सुशासन दिन सकिन्थ्यो,आज र भोलीमा
प्रतिक्षा थियो यसैको जाग्थ्यो आशा हरदम
अन्ततः भरोसाको आधार हुन्छ कि खण्डित
आवरण फरक रहेछ अन्तरमन एउटै
बिक्षीप्त मन मस्तिष्क किन भयो दाजुभाइ
होलान् त सपुत पारलगाउने देशलाई
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )