गीत : गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

~कुबेर काका~

सेवा मुखी मुनाफा छ नाफा मुखि छैन
बजारमा खोजी गर्दा भन्छन पाइदैन
जग पिलर र ढलाईमा गैंडा नै लगाऊ
आफू बस्ने घरलाई बलियो बनाऊँ । गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

बिकासको बजेटमा गैंडा नै लगाऊँ
समयमा मैले गरें भन्ने निशानी देखाऊ
छिमेकी र पल्ला गाऊँ सम्म डुल्दै जाऊँ
गैंडा सिमेण्ट पाइन्छ है ठेगाना बताऊँ । गैंडा हो …..

उदयपुरे मात्रै हैन नेपालै को शान
सिमेण्टको दुनियामा विश्वासिलो नाम
जहाँ तहाँ पाइदैन बन्द भयो भन्छन
तपाईलाई ढाँटी छली अन्धकारमा पार्छन । गैंडा हो …..

तपाई हाम्रै सबैको छ गैंडामा लगानी
हाम्रो साझा उत्पादन हो गरौं निगरानी
आज हाम्रो लगानीलाई साँचौं पछिसम्म
छोरा नातिलाई समेत पार्न सक्छौं दङ्ग । गैंडा हो …..

आफ्नै देशको माटो चिनौ, आफ्नै देशको पानी
ढुङ्ग पनि आफ्नै देशको, उदयपुर सिन्धालीको खानी
जापानको प्रविधि यो नेपालीको श्रम
सरकारी हो गुणस्तर छ, छैन अरुभन्दा कम । गैंडा हो …..

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.