~विष्णुबहादुर सिंह~
१- जून खोज्दै छु
पूर्णिमाको रातमा
छटपटिँदै।
२- मायाको चिनो
झुण्डिएको भित्तामा
निर्दयी मन।
३- हिमालसँग
तराईको नातामा
पहाड दङ्ग।
४- नदीको वेग
पहाडको खोँचमा
इन्द्रेणी रङ।
५- आकाशसँग
बादलको सन्त्रास
वर्षाको भार।
– पोष्टबक्स नं. १९८६, काठमाडौ