छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~

छन्द : द्रुतविलम्वित

प्रगतिका पथमा रथ चल्नु छ
सुख र शान्ति यहीँ अब रम्नु छ ।
मयल यो मनको जब माझ्दछौ
श्रम र सीप गरी तब हाँस्दछौ ।।

लगन चित्त बनी जब लाग्दछौ
तब शिला पथका पनि गाल्दछौ ।
कर सँगै कर नै जब जोडिए
शिखरका चुचुरा तब चुम्दछौ ।।

सकल यो जगमा श्रम छर्नु छ
हर दिशा मनमा रङ भर्नु छ ।
कलुषता मनको मनमै रहोस्
दिल सँगै दिल नै झन् जोडियोस् ।।

सकसका पहरा ढलिजाउँन
मुलुकका लठुवा गलिजाउँन ।
गरिबका दिन बन्नु सधैँ भरी
प्रगतिमा गतिता बढिजाउँन ।।

धन्यवाद ।
ठेगाना :-विराटनगर -१

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.