~म. बि. बि. शाह~
मिर्मिरे बिहानीमा झस्केर उठेँछु
गएर ति सपनीमा यो गीत गाएछु ।
हामी दुई मिलेर हिमाल चुली पुगौँला
हातेमालो गरेर सँगै बसी खेलौंला
स्वर्गको टुक्रा धर्तीमा झरेर सँगै बसौँला
चन्द्रमाको जूनले गोरेटोलाई पोतौँला
मिर्मिरे बिहानीमा ।।
रिमाझिमा पानीमा जून्किरीको साथमा
झ्याउकिरीको स्वरमा एकै स्वरले गाउँला
मिठो पिठो भेटेको मिली खाउँला
सङ्ग्लो पानी हिमालको सँगै बसी पिउँला
मिर्मिरे बिहानीमा झस्केर उठेँछु
गएर ति सपनीमा यो गीत गाएछु ।
मिर्मिरे बिहानीमा ।।
शब्द : म बि बि शाह
सङ्गीत / स्वर : नातिकाजी