कविता : देश दुखेको बेला, रोइरहेछु म पनि

~बसन्त चौधरी~

आज देश दुखेको बेला
कुन शब्दले
सान्त्वना दिऊँ म,
रोइरहेछु म पनि
देखेर
विक्षिप्त आफ्नाहरू

हिमाल रोइरहेछ
मधेस झस्किरहेछ
पहाड तडपिरहेछ
प्रकृतिको महाविनासले
छोपेको बेला
कुन शब्दले
सान्त्वना दिऊँ म,
दुखिरहेछु म पनि
देखेर
आफ्नै आफन्तको घाउ

प्रलयको अन्धकारमा
विनासको यो धारमा
समयको कुचक्र हेर्दै
हृदय विव्ह्वल बनेको बेला
कुन शब्दले
सान्त्वना दिऊँ म,
तडपिरहेछु म पनि
देखेर
मेरै नेपाल र नेपाली पिडा

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.