~सीता अर्याल~
देख्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी
आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी
पूर्ब घाम झुल्की आउँदा उर्ली आए आशाहरू
पारी जुन अस्ताउँदा वर्षि रहे आँखाहरू
आशा त्यसै मर्दो रैन्छ मिल्ने छाँट नहुँदानी
आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी।
फूल हुन रहर् लाग्यो उनले शिरमा सजाउँथिन्
एेना हेर्दै मुस्कुराई आफैसँग लजाउँथिन्
नसाजस्तै रैछ मायाँ चुस्की लिन नपाएनी
आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी।
-सीता अर्याल,
म्याडिसन,अमेरिका।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)