कविता : जीवन

~छत्रप्रसाद काफ्ले~

दुःखमा पनि सहन जान्नुपर्छ
यो जीवन आकाश जस्तो पार्नुपर्छ !
सुख दुःखका बादलहरु आउने जाने क्रम जारी छ
घाम छाँया र दिन रात भई नै रहन्छ ! !

कालो वादल आयो भन्दैमा दुःखित हुनु हुदैन
त्यो पानी रुपी कालो बादल वर्षामा परिणत हुन सक्छ !
अनि आकाश फेरी सफा हुन सक्छ
वन पाखाहरुले हरियाली सौन्दर्यको रुपलिन सक्छन् ! !

जीवनमा धेरै हुन्छन् आशा
आशामात्र केलाई गर्नु छैन गास र वास !
दुःखी रुपी भावसागर पार गर्न वेला
यसवेलामा जानुपर्छ साहित्य रुपी मेला ! !

-मधुवन–८, सुनसरी, वि.एड. प्रथम वर्ष, धनकुटा क्याम्पस

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.