कविता : मेरो पनि देश छ र ?

~मिनेन्द्र भण्डारी ‘निश्चल’~

नदीहरु आफै बगेझैं
फूलहरु आफै फुलेझैं ,
र, चराहरु आफै उडेझैं
म पनि जीवित छु धर्तिमा –
आफ्नै मौलिक युद्दले ।

मेरो प्रिय देश !
र, देश-चालक नायकहरु !!
इतिहासदेखि वर्तमानसम्म
म हरपल लडिरहेछु विश्वयुद्ध ,
म जुधिरहेछु आज पनि –
उत्तरका अग्ला हिउँ-पहाडहरुसँग
र, कुदिरहेछु तुफान-तुफान –
भूमध्य खाडीका मरुभूमिहरुमा |
यो अनवरत लडाइँमा–
म जिउँदै जमेको छु
र, पग्लिएको पनि ।
अपशोच !
म नि:शब्द र शान्त छु बुद्ध जस्तै
मात्रै एउटै प्रश्न छ मनमा –
मेरो पनि देश छ र ???

मिनेन्द्र भण्डारी -निश्चल
दोरम्बा -६, रामेछाप
जेद्दा, साउदी-अरेबिया
२०७३ श्रावण -२९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.