नविन ध्यारका चार मुक्तकहरु

~नविन ध्यार~

कामरेड,खै त सुनौलो विहानी ?
आउछ त भन्नु भएकै थियो नि
आखिर खेरनै जाने हो त
सयौको रगतको बलिदानी ।।

*********************

चसक्क मुटु बनाउछन तिम्रा ती नजरले
देख्दै मन लोभ्याउने गुलाबी ती अधरले
दिनहुजसो मन खिन्न हुन्छ आजभोली मेरो
रहस्यमय छापिएका तिम्रा ती अखबारले ।।

*********************

परदेशीलाई बुझाउनु छ पेटको नासो
म मर्नु अघि सुम्पीनु छ घरको साचो
यहा छी–छी दुरदुर गर्नेहरु पनि लामै छन
मरेरै भएपनि लुकाउनु छ वैरीको हासो ।।

*********************

छुट्टीएको सुर्यको के रह्यो र दोष
चन्द्रमा माथिको त्यो कालो खोट
बुझे, स्वार्थी रहिछ तिम्रो चरित्र
बद्लियो याम बद्लिएन् तिम्रो सोच ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.