कविता : नफेर पहिरन

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

उघार दैलो सानु म आउँदैछु घर ।
शरिर जलेको हो आत्मा छ अमर ।
सक्दिन बिर्सन त्यो सुखद् जीवन ।
किन फे¥यौ पहिरन मुहार मलिन ।

नश्वर शरिर आत्मा सधै अमर ।
ठाऊँ छोडेर जाँदैन आत्मा कतैतिर ।
नराम्रो लाग्यो सानु देख्दा त्यो शरिर ।
न हातमा चुरा न त पोते सिन्दुर ।

धिक्कार्छु समाजलाई कस्तो निष्ठुर ।
मैले भनेकै थिएँ सानु नफेरे पहिरन ।
मानव चोला हो रहिरहन्न शरिर ।
म त सानु सधै बस्छु तिम्रै वरपर ।

पर्दैन पर्दैन कसैले आंैलो उठाऊँन ।
जन्मैदेखि लगाएका पहिरन नछोड ।
लगाऊ सिन्दूर पोते लगाऊ सारी ।
मेरो आत्मा यहि छ पहरेदार गरी ।

पाखण्डी छ समाज बोलौं सबैले ।
यातनाभागी होईनन् नारी समाज ।
भन नैसर्गिक अधिकार हो पहिरन ।
आधा धर्तिमा ब्याप्त नारी जमात ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.