कविता : आजकल म रक्सी पिउँछु

~देबेन्द्र बस्याल~devendra-basyal

न मलाई बुद्धिमानी नेता बन्नु छ
नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ
केवल मलाई जीवन कटाउनु छ
साथी, आजकल म रक्सी पिउँछु

झुटको खेती गरेर जीवन धान्नु छैन मलाई
नत चापलुसी र चाकडी गरेर जीउनु छ मलाई
न म विश्वास पात्र बन्नै चाहान्छु
नत म षड्यन्त्रमा सामेल हुनै चाहन्छु
साथी, आचकल म केवल रक्सी पिउँछु

छेकेर छेकिन्न बैमानीको धन्दा
खुल्ने छ एकदिन बद्धमासीको पर्दा
देखियो तिम्रा नाटक र नौटङकी
देखायौ यहाँ कपटीको चौचकी
साथी आजकलम म रक्सी पिउँछु

तिमीले बाटो विर्षे पनि
उकालीमा खुट्टा लरखराएपनि
खुर्सानी बीना भतेर अड्किन्न
यस्तालाई नेता मान्न पनि सकिन्न
साथी आजकल म रक्सी पिउँछु

थाहा छ मलाई तिमिले धोका दियौ
तिमि त आफ्नै थैलो भर्न तिर पो लाग्यौ
तिम्रो, आषा र भरोषा छैन अब मलाई
डट्नु छ आफै यहाँ जनसत्ता ल्याउनलाई
साथी आजकल म रक्सी पिउँछु

साथी, अब मैले रक्सी छोड्नु पर्छ
आँखा खेलेर सर्वत्र हेर्नु पर्छ
बैमानीको पर्दा च्यातेर
चापलुसी र चाकडीलाई चिनेर
नयाँ जनवादी क्रान्तिको बाटो खोल्नु पर्छ ।

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.