~लक्ष्मी बिष्ट~
सारा संसार मस्त, नीदमा सुस्ताउँदा
मध्य रात नभनी, किचनमा काम गरिरहन्थे
चाहे तिम्रो उपलब्धिमूलक काम होस्
वा,
अन्य कामबाट थाकेर आउँदा
तिम्रैलागि खाना, लुगाफाटा, तिमीलाई नै बोलाउँथे
हत्तारिदै जब पानी, छिचोल्दै सोध्न जान्थे
कुन्ठित भावनालाई एक छिन भनी, बेवास्ता गरिदिन्थ्यौँ
हल्का शरीर तातेर होस्
वा, पातलो पानी बहँदा
हतारिँदै तातोपानी र औषधी पिलाउँथे
आफ्नो कर्तव्य र जिम्मेवारीले होला
मुस्कुराउँदै कलिला हातले तिमीलाई थमाउँथे
शरीर यो नदुखेको, एक पल थिएन
जब म, तिमी र तिम्रो कारोबारमा रमाउँदा
निर्दोषी यी खुट्टाले,
निर्दोषी यी खुट्टाले, जब सहारा खोज्दथ्यो
जिम्मेवारीको बोध तिमीले गराई दिन्थ्यौँ
नियतिले कहाँनिर झुकायो भनी
गल्तीहरू खोज्दा खोज्दै अलमलमा, एक्लै निदाउँथे
छोरी कुटी बुहारी तर्साउने, मैले बुझ्न सकिन
म भित्र–भित्रै कत्ति हुन्थे धायल, कसैले बुझेन
नभिजेका पक्कै पनि थिएन होलान्, यी नयनहरू
जब म आफ्नो गाथा सुनाउन नपाउँदा ठाउँ
सदा भन्दा अलिक ढिला भएमा जान घर
आतुर म, चिन्तित हुन्थ्ये, फेरि पनि सेवामै पस्न
तिम्रो मात्र आभाष,
तिम्रो मात्र आभाष, पनि के पाए
दौडेर साथ दिन्थ्यौ भुईतल्लामै एकै छिन
समयले, कस्तो खेल खेल्यो
म आफैमा अचम्म लाग्छ
तिम्रा ती नदेख्ने आँखाले, खोज्छ की भनेर पर्खेकी छु
क्षण–क्षण मरेर पनि, अनुहारमा खुसीपन छाएकै छु
तिमीले नै दिलायका हौ, यो उपाधि
आज सबैमा, म प्रिय भएकी छु
विधाताबाट नै ठगिए, की कसो
आज सम्म पनि म अचम्मै छु
बोलाउँदा मलाई नै, तिम्रा मुखार विन्दले
अरू कसैको नाम पुकारे जस्तो लाग्छ
एकान्तमा अझै पनि कहिले–कसो सिरानी सँग बर्सिन्छु
तिम्रो न्यानो स्पर्शको तृष्णाले होला, भिडमा पनि हल्का तर्सन्छु
त्यो घिणाको पात्र, पनि म पक्कै होइन होला
तर पनि जो तिम्रो व्यवहारले दर्साउँछौ
तिमी भित्रको कुन्ठित गाँठो फुकाउन सकिन
सायद त्यसैले छाया समेत पनि जगाउन सकिन
सम्बोधन, मलाई नै हो भने
मेरो नाउँमा डाक्न किन सकेनौँ
पुरुष यदि तिमी जस्तै मात्र हुन्छ भने
अर्धाङ्गीनीको उपाधि चाहिएको मलाई छैन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )