कविता : एउटा शब्दकोश

~राइमाण्डु~

एउटा शब्दकोश किन्न मन छ ।
अनि आफुलाइ मन नपर्ने शब्दहरु
छानी छनी मेट्न मन छ ।
जस्तो
समाज ले भन्दा ज्यादा
पानी र आगो ले छुट्याएको
तिमी र म ।
दलित ।
जस्तो तिमिलाइ मैले लाएको
सबै सबै दोष ।
तिमिलाइ र मलाइ जोड्ने ।
त्यो सम्बन्ध को धागो चुड्ने ।
धोका ।
जस्तो तिमिलाइ
आँखा चिम्लेर गरेको माया ।
अनि हामिले पाएको धोका ।
बिश्वास ।
जस्तो
आफुले सबै भन्दा धेरै माया गरेको लाई खोसेर।
सधै लाई टाढा पार्ने
मृत्यु ।
जस्तो
आफ्ना लाई आश्रम सम्म पुर्‍याउने
अनि पराइ लाई आफ्नो बनाउने ।
लोभ ।
जस्तो
तिम्रो सुखमय जिन्दगी देख्दा ।
जल्ने यी मेरा आँखा ।
ईष्र्या ।
जस्तो
समाज लाई बिभाजित गर्ने ।
मान्छे ले मान्छे लाई अलग पर्ने ।
सबै सबै शब्द हरु मेट्न मन छ ।
अनि पुन प्रकाशित गर्न मन छ ।
छुट्टै शब्दकोश ।
जहाँ कोमल शब्द होस ।
जहाँ माया सिकाइयोस ।
जहाँ समानता सिकाइयोस ।
जहाँ रङ्गभेद को र नहोस ।

– राइमाण्डु

-ईटहरी

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.