~अजय विश्वोकर्मा `सीमान्त´~
जबदेखि दुश्मन पनि यार भइदियो
अनि सारा दुनिया बेकार भइदियो
परायालाई विस्वास गर्ने बेला आयो
आफ्नै मित्र छुरा चलाउने गद्दार भइदियो
अर्धचेतमै बर्बराउछिन आमा सधैभरी
जब नाबालिका छोरीको बलात्कार भइदियो
जिन्दगी पनि बडो हसिन लाग्छ आजकल
मलाइ जबदेखि तिमीसङ्ग प्यार भइदियो
अजय विश्वकर्मा `सीमान्त´
सैनिक आवासीय महाविद्यालय
मङ्गलगढीे,सुर्खेत
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )