~केवल बुढाथोकी~
भाइको हातमा कापीकलम मेरो हातमा डोको
मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको
बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको
बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको
साँझ–बिहान चुलोचौका भुल्थे सधै मझेरीमा
झिसमिसेमा गाग्री बोकी रूँदै पुग्थे पधेरीमा
जिन्दगी नै सुक्यो बाबा अशिक्षाको खडेरीमा
यो छोरीको दुःखी जीवन फस्यो किन अधेरीमा
छोड्नै पर्ने माइतीघरलाई मेरो पाइलो सर्यो
न्याउली बनी यो मन रोयो आँसुधारा झर्यो
छोरी हेप्ने कुचलनले मलाई जिउदै मार्यो
अशिक्षाको उपज होला मैले दासी बन्न पर्यो
रातदिन ढिकी जाँतो हातमा उठ्छन ठेला
बाह«ैमास झरी बादल दिनै धाउनै पर्छ मेला
कर्मको फल भोग्दै छु म आज यति बेला
मलाई जस्तै छोरीहरूलाई नगर्नु है हेला
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ४ – Dec. 9, 2015 – २०७२ मंसिर २३ गते, बुधबार )