गजल : अविश्वासको छाप लाग्यो

~समुन्द्रा शर्मा~

तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो ।
ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो

हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई
आफूमाथि राखिएको चट्टानको खाप लाग्यो

हिजोसम्म सँगै थियौँ परेवाको जोडीजस्तै
शीतल त्यो साथ तिम्रो आगाको राप लाग्यो

चोखो माया नबुझेर भौँतारिँदै हिँड्दाखेरि
गङ्गाजस्तै पवित्र यी आँसुको श्राप लाग्यो ।

श्रीमती शर्मा साहित्यसञ्चार समूहकी संस्थापक सदस्या, कवयित्री, कथाकार।

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.