गजल : रुझ्ने रहर छ

~चोमु शेर्पा “खुशी”~

बेमौसमी बर्षातमा रुझ्ने रहर छ
जूनसंग बादलमा लुक्ने रहर छ।

रहरै रहरको खुल्ला आकाशमा
चरी जस्तै स्वतन्त्र उड्ने रहर छ।

नमरी स्वर्ग पुगिन्न भन्छन् सबैले
त्यही स्वर्ग बिपनामै पुग्ने रहर छ

शितल बनुँ घाममा,घाम जाडोमा
बादल झै आकाशमा खुल्ने रहर छ

असफलताको चिनो कयौं पाईसकें
एक पटक सफलतालाई चुम्ने रहर छ

– चोमु शेर्पा “खुशी”
मैवाखोला-४ साँघु ताप्लेजुङ
हाल दमक-१, झापा नेपाल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.