गीत : स्वर्गसरी हुन्थ्यो

~सीता अर्याल~Sita Aryal

स्वर्गसरी हुन्थ्यो जीवन तिम्रो सुन्दर साथ पाए
शान्त शीतल नदी जस्तै सललल बग्न पाए।

अन्जुलीका फूलका थुड्०गा चुल्ठो भरी सिउरी दिन्थेँ
स्नेह गड्०गा तिम्रो दिब्य अधर भरि खन्याईदिन्थेँ।
साँच मायाँ खोकिलामा चोरी होला उस्ले पाए
शान्त शीतल नदी जस्तै सललल बग्न पाए।

त्यति मिठो मुस्कान तिम्रो बिर्सनलाई गाह्रो भयो
गोधुलीमा आउँछु लिन पर्खनलाई साह्रो भयो
नाईं-नास्ती नभन है रोधि घरमा गाउन पाए
शान्त शीतल नदी जस्तै सललल बग्न पाए।

-सीता अर्याल,
म्याडिसन,अमेरिका।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.