कथा : परदेसि

~भरत खत्री~

(ठाऊँ – परदेसि भुमि , क्वालामपुर …सुत्ने कोठा, आवाज छिकछिक पेन्डुलम घडीको)

अहिले रातिको ९ बज्यो , भुपाल आफ्नो ओछ्यानमा पल्टिएर सुत्ने कोशिस गर्दै छ । बिस्तारै-बिस्तारै वरपरको माहोल शान्त तर्प लम्किदै गर्दा , भुपालले आफ्ना आँखा यताउता डुलाउछ सुत्ने कोशिस गर्छ । एकैछिनमा उसको आँखा टक्क एउटा सुन्दर सेतो रङ्गको पुतलीमा पर्न जान्छ। पुतली नजिकै रहेको बतिको प्रकाशमा (बल्ब भित्र) आफ्नो पुरै शक्ति लगाई भित्र झिर्ने जमर्को गरिरहेको हुन्छ। यस्तो प्रक्रिया केहि क्षेड सम्म पुतलीले दोहोर्याई रहन्छ । अन्तत: त्यही बतिबाट निक्लिएको तापको रापबाट पुतलीको जिबन त्यही बतिमा बिलिन(देहत्याग गरेर ) भएर जान्छ। उ झसंग हुन्छ मन खिन्न बनाउछ… उठेर नजिकै रहेको टेबलको पानी पिउछ ( घटघट )। फेरी ओछ्यानमा पल्टन्छ , दुवै हातलाई टाउकोमा राखी माथि चलिरहेको पंखालाई हेर्दै सम्झन्छ ।

ओहो ! मैले माथिल्लो घरे पिंकीलाइ गाज़ा खाए जस्तो गरेर आफ्नो मनको भावना सुनाएको आजैको दिन थियो । मेरो मनको चाहना सुनाउने म संग एकमात्र बाहान गाजा खाएको नक्कल गर्नु शिवाय अरु केहि थिएन, पिंकी अर्को गाउ जादै रहिछ। मैले बोलाए,

म -ए …ए पिंकी सुन त । त कति राम्री छेस्, लजालु छेस्, सबै केटाहरु तेरै तारीफ गर्छन । म पनि गर्छु

पिंकी – अ , छिटो भन किन धेरै कुरा गर्छस …तैले भन्न कोजेको के नि ?

म – सुन न पिंकी म…मम्म त मलाई सार्है मन पर्छेस। त मेरो मायालु बन्दे न है … आइ लप यु
( पिंकी मुसुक्क हासी एकछिन केहि बोलिन )

शायद मेरो चतुराई उसले छिटै थाहा पाई त्यसैले मेरो अगाडी मेरो कुराको खिल्ली उडाई …

पिंकी – त यस्तो बच्चाले मलाई माया गर्ने कठै ! जा आमा सित उमेर सोधेर आइजा।

उसको यस्तो कठोर प्रश्नले म अक्क न मक्क भएको थिए। त्यो देखेर पिंकी मेरो सामुने बाट ओझेल परि।मलाई के गरौ कसो गरौ भयो । म अठार वर्षको भएको थिए तर मलाई अजै सम्म गाज़ा,भाङ,धतुरो,रक्सी,चुरोट केहिको बानि थिएन, कसैलाई अजै सम्म प्रेम प्रस्ताब राखेको थिएन।कारण घरमा आमा हुनुहुथ्यो नराम्रो सङ्गत र नराम्रो काममा लागेको आमाले चाल मात्र पाए, मेरो घरमा बस्ने बास खोसिन्थेयो त्यसैले अजै सम्म त्यस्तो केहि गरेको थिएन। पारी डाडाबाट कोहि म भएतिरै आउदै थियो हातमा सिगरेट छोपेको थियो ,क्याप्लाई पछाडी फर्काएको थियो। को रहेछ भनेर सोचिरहे नजिक आउदा सम्म चिन्न नसकिने थियो , घाम अस्ताउने बिन्दुमा पुगेको थियो अनि घाम उहिँ अन्जान मान्छे आउदै गरेको ठिक माथिबाट लागेकोले मलाई ठम्याउन गार्हो पर्यो। हेर्दा हेर्दै उ मेरो नजिक आइपुग्यो। मोरो भिम पो रहेछ, व्यर्थै यति धेरै सोचे जस्तो लाग्यो। उसले भन्यो,

भिम -भुपाल, हैन के हो ?…यार तिम्रो पारा यति ठुलो भैसक्यु आज सम्म आमाको हुकुममा चल्छौ , शिब रात्री मनाउनु छैन , केहि छैन जहिले यसै गर्छौ।

म – हैन यार त्यस्तो ( भिम बिचैमा बोल्छ )

भिम – के हैन ,अरु दिन नभए पनि शिब जी को प्रसाद त लिनु पर्छ नि यार स्वाट्ट आज त। भगवान् शिब त आज भोक,मोह, क्रोध सबै त्यागेर चिल भएर बस्छन रे, तिमि मुला सदै यस्तै…धर्मले त खान भन्छ आजको दिन

म – ल मुला तिमी धेरै भासण नदेउ बरु कहाँ पाइन्छ शिब जी को प्रसाद भन जाउ ( के छ र जिन्दगीमा जस्तो लाग्छ …प्रेम प्रस्ताब अस्विकार भएपछि)

भिम – (अचम्म पर्छ) तिम्ले पनि खाने आज , उसो भए हिड आज माथि मन्दिरमा लास्ट कडा माल मिसाउछन् सुजिमा
( दुवै जना टन्न पर्ने गरि सुजि खान्छन )

एकले अर्कोलाई हेर्दै …भिम भाङ लागेपछि रुन थाल्छ खुब जोडजोडले रुन्छ , त्यो देखेर भुपाल खुब हास्छ, भित्रबाट उर्लियर आएको हासो थाम्ने धेरै कोशिस गर्छ, मनलाई आफ्नो काबुमा राख्न हर प्रयत्न गर्छ तर फलस्वरुप झन्झन् जोडले खित्का छोडेर हास्छ। म के गर्दै छु सबै थाहा पाउदा पाउदै पनि आफुलाई आफ्नो बहसम पार्न सक्दैन। (शायद यहिँ भएर शिब रात्रीमा जहाँ कहिँ हास्ने र रुवाउनेको संख्या धेरै हुन्छ , भगवान् शिवको नाउमा गाजा, भाङ धतुरो खानेको जमघट धेरै देखिन्छ ) …यस्तै गर्दै गर्दै गाउका सबै ढिक कालंना नाघ्दै लोट्दै पोड्दै भुपालको घरको माथिल्लो डाडामा आएर खुब कराउछ्न दुवैजना त्यसपछि के हुन्छ दुबैलाई थाहा हुदैन।

अर्को बिहान , भुपाल जाग्छ हिजो गरेको ,भएका सबै घटनाकर्म सम्झन्छ। आमाले बोलाउनु हुन्छ। उ मरे तुल्य हुन्छ,लाज्ले भुतुक्क हुन् । आमाको अगाडी कसरि मुख देखाउने भन्ने सोच्छ। आमाको कुराको प्रवाह नगरी खाएर हिडेको जस्तो लाग्छ उसलाई । सदाको जस्तै हातमुख धुन धारोमा जान्छ हातमुख धुन्छ । धारामा पानी थापनको लागि पिंगी आएकी हुन्छ भुपाललाई देखेर पिंकी ठुस्किन्छे मन्टो बटारेर पारीको डाडामा हेर्छे ।

म – किन के भो ? किन ठुस्केकी त ?

पिंकी -हिजो भाङ खाइस है …झन् भुपाल कति सोजो छ भन्दै गाउका केटीहरुलाई भन्दै हिड्थे। हिजो त मेरो नाक काट्दिस तैले …आमा सित उमेर सोधेर आइजा भनि भनेर खाएको तैले ? उमेर सोध्नेले माया गर्दैन्न क्या हो ?

त्यति भनेर पिंकी त्यहाबाट पानीको गाग्री बोकेर घर तर्फ लाग्छे , भुपालको खुसीको सिमा रहदैन । उसलाई नाचौ नाचौ लाग्छ , चिचाएर सबै कुरा गाउमा सबैले सुन्ने गरि भनौ जस्तो लाग्छ ,उसलाई आफुले संसार जिते जस्तो लाग्छ। मख्ख पर्छ औधि खुसि हुन्छ ,हिजोको सबै कुरा भुलेर आज मन चङ्गा जस्तो बनाउछ , अनुहारमा एकाएका रङ परिवर्तन हुन्छ यो देखेर धारोमा पानी थाप्न आएका मान्छे अच्मित हुन्छन । आमाले बोलाउनु हुन्छ । भुपाल छिटो यहाँ आइजा बाबु …सानो भाइले गृहकार्य गर्दै हुन्छ बहिनि बाख्रालाइ घास काटेर भर्खर आइकी हुन्छ । भुपाल सोच्छ , आमाले हिजो खाएको भनेर गालि गर्नलाई बोलाउनु भएको होला ,

आमा भन्नु हुन्छ , हेर बाबु बिहान मुग्लानबाट तेरो बुवाले फोन गर्नु भएको थियो । सार्है बिरामी पर्नु भयो रे, तलाई थाहा नै छ बुवाले पैसा नपठाको पनि धेरै भैसक्यो आफु गएको पैसा पनि तिरेर सकिएको छैन । अहिले सम्म मैले तिमीहरुलाई ऋण धन गरेरै पढाएकी छु। यो पनि कसरि तिर्न्र हो । उता बाले उतै बाट पैसा पठाओ तिमीहरु। मलाई यता फापेन म आउन सक्दिन तिमीहरुले पैसा खोजेनौ भने भन्नु भएको छ। पैसा नपठाए उतै मर्ने रे तेरो बुवा। यति भनेर आमा सुक्क सुक्क गर्दै रुन थाल्नु भयो । एक्कासि उसको आखामा कालो बादल मडारिएर आयो, आदी आयो , तुफान चल्यो, मन चरक्क भयो , हृदय फारियो …एकै छिन् पहिले देखेको भनौ या भोगेको उसको वास्तविक खुसि उसको सामु फिक्का लाग्न थाल्यो(सुख र दुख एकैठाउमा मिश्रीत भयो एकै पटकमा ) । उ माथिको पहाड उसैमाथि आएर थुप्रिय झैँ लाग्यो । उ जन्मिय देखिनै ठुलो संग्रस गरेर उसको परिवार अघि बढ्दै थियो । राम्रो लुगा कहिले लगाएको थिएन,मिठो खाना कहिले खाएको थिएन तर उसले आफ्ना माता पिता संग कहिले गुनासो गरेन । जस्तो भगवानले दिए त्यसतै मिल्यो भन्ने सोचेको थियो तर आज भग्वान संग रिस उठ्यो धेरै नै चित्त दुख्यो आफुले भोगेको जिन्दगीलाई एकपटक नियाल्यो सदै अभाबमा बाचे जस्तै भयो। भगवानले पनि हेराफेरी गरे जस्तो लाग्यो मनलाई सम्हालेर भन्यो । आमा तपाई पनि किन चिन्ता लिएको तपाइको छोरा छ नि अजै , नरुनु भन्दै आमाको आसु मन अमिलो बनाउदै पुछ्यो (मन मनै धेरै बिलौना गर्यो भग्वान संग)। त्यति भनेर आमालाई ऋण खोज्न जानु आमा बुवा आएसी के गर्ने भन्ने कुरा सोचौला भन्यो । आमा माथिल्ला घरे श्यामनारायण काका सित २ लाख ऋण १ वर्षमा तिर्ने भाका सहित र तिर्न नसके घरबारी दिने बाचा सहित आइन । त्यो पैसाले बुवा घर त आउनु भयो तर बुवालाई औषधि उपचार गर्न पैसा पुगेन। फेरी ऋण धन गरेर औषधि उपचार गर्दै थिए बुवालाई पत्थरी भएको थियो । भुपालले १२ मा पढ्दै पनि थियो उसको परीक्षा नजिकिदै थियो तर समय उसको अनुकुल थिएन। पढन खासै समय पाएको थिएन । बुवाको सेवा नै धेरै गर्नु पर्ने भएकाले कहिले अस्पताल त कहिले घरमै व्यस्त हुन्थेयो । उसकी बहिनीले ८ मा पढ्दै थिइ । ठुलो बनेपछि डाक्टर बन्ने रे । गरिब परिवारमा जन्मेर त्यस्तो सपना देख्नु कतिको उचित हो । उसलाई केहि थाहा नै थिएन यति धेरै बुझने भकी पनि थिइन अनि बहिनीको सपना साकार हुने हो या आकार मात्रै बनाएर रितिएर जाने हो भन्ने कुरामा समयलाई नै पर्खिनु पर्ने थियो । भाइ पनि १० मा पढ्दै थियो भाइले एस.एल.सी पछी आइटी पढने भन्दै थियो । परिवारको आर्थिक स्थिति कम्जोर थियो । परिवारले देखेका सपना ठुला थिए । सगरमाथा भन्दा अग्ला , सहारा मरुभूमि भन्दा फराकिला र समुन्द्र भन्दा गहिरा थिए ति सपनाहरु ।

त्यो दिन पानी भर्ने बेलाको दिनको पश्च्यात दुवैलाई थाहा भैसकेको थियो एकले अर्कोलाइ माया गर्ने र मन पराउदा रहेछन भन्ने। उनीहरु अब भेट्दा पहिलेको भन्दा बेग्लै तरिकाले भेट्थे , माया पिरतीका बात गर्थे, भविष्यका कुरा गर्थे, भाबि योजना र आउन सक्ने अप्ठयारा परिस्थितिको कसरि सामना गर्ने भन्ने बिषयमा कुरा गर्थे । एकले अर्कोलाइ तिमि बिना बाच्न सक्दिन भन्थे , धेरै नै बाचा कसम खान्थे , घर बाट फुर्सद मिल्ने बितिकै नया ठाउ घुम्न पनि जान्थे । यसरि दिनहरु बित्दै थिए । दिन दुइगुना , हप्ता ४ गुणा , महिना १२ गुणा छिटै बढे झैँ बुवा बिरामी हुदा र बुवा घर आउन खोजेको ऋणको भाका नजिकिदै थियो । ( फोनको घन्टी बज्छ , एकसोरे भएर सोचिरहेको भुपाल तर्सिन्छ र मोबाइल हेर्छ ) मोबाइलमा एउटा सन्देस आएको रहेछ सुत्ने बेला भएको छैन । पारिरुम बाट संगै काम गर्ने दाइले रुममा लाइट बोलेको देखेर सन्देश पठएका रहेछ्न । हजुर अब सुत्ने भन्छ फोन अफ गर्छ । फेरी सोच्छ ओहो !!! हिजो मात्रै भाइले ल्यापटप चाहियो दाइ कलेजमा सबैले ल्यापटप लिएर आउछन आजभोली ल्यापटप बाटै पढाई हुन्छ भनेको थियो । बहिनीलाई क्यामेरा चाहिएको छ रे निकोनको , बुवालाई राम्रो घडी रे , आमालाई कहिले केहि चाहिदैन छोराले कसरि कमाछ भन्ने सोच्नु हुन्छ जहिले । जहिले ऋणको चिन्ता गर्नु हुन्छ। म बिदेशिन लागेको पनि अहिले ८ वर्ष भैसकेछन केहि गर्न सकेन अहिले सम्म सानो तिनो काम गरे खाडीमा पसिना चुहाए , मेरा यी अनमोल पसिनाले मलाई दुइछाक खान र घरको पेट भर्न मात्रै पुग्यो अरु खासै उपलब्धि हासिल गर्न सकेन। रात दिन नभनी , भोको पेट १८/१९ घण्टा काम गर्दा पनि केहि सिप चलेन, मेरो कामले हातमुख मात्र जोर्न पुग्यो । अहिले त लाग्छ ऋण बिग्रेपछि यस्तै हुने रहिछ । फेरी यहि साल म घर गएन भने पिंकी पनि अरु सितै बिहे गर्ने रे । है भगवान् म के गरु ( शरीरबाट चिर्चिर पसिना आउछन भुपलका उठेर एक गिलास पानी पिउछ अनि फेरी सोच्छ ) हुन् पनि बिचरी कति बसोस मलाई नै कुरेर केटिको जात गाउघरमा पनि कुरा काट्छन होला । बढेकी छोरि ,हुर्केकी चेली घरमा धेरै राख्नु हुन् भन्छन होला , अनि सोच्छ “ऋण लागोस दिन नलागोस् भन्छन” मेरो के बिग्रेको छ र म अजै गर्न सक्ने छु म गर्छु भन्छ आत्माबिस्वास बटुल्छ मनमा अनि फेरी अतितमा फर्कन्छ ।

सम्झन्छ, परीक्षा आउन १२ दिन मात्र बाकि भएको बेला , बुवालाई अस्पतालबाट डीस्चार्ग गरेर घरमा ल्याएका थियौ । आमालाइ माथिल्लो घरे श्यामनारायण काकाले गाउको भेलाको बेला आमाले पैसा तिर्ने भाका बिती सक्दा पनि पैसा तिर्न नसकेको भनेर सबै समाजको सामु आमाको मुखमा थुकी दिएको । उसलाई भर्खर जस्तो लाग्छ , भाइ बहिनाको लागि कपडा किन्ने पैसा नभएर ३/४ वर्ष पुराना कपडा लगाई ३/४ ओटा दशैँ तिहार कटाएको सम्झन्छ, पहिले देखि सिगरेट खाने बानी बसाल्नु भएका बुवाले सिगरेट किन्ने पैसा नभएर लाम्पाते खाएको सम्झन्छ । मामाको बिहेमा मामाले आमालाई लैदिएको ५ वर्ष पुरानो लुंगी लगाई घुमेको सम्झन्छ । घरमा अन्न पानी सकिएपछी आफन्त कसैले एकरुपैया एक छाक नपताएको सम्झन्छ, इन्तु न चिन्तु भएर भौतारिएको सम्झन्छ । लाउलाउ खाउखाउ भन्ने उमेरमा बुवा आमा सित मलाई राहदानी बनाइदिनु म प्रदेशीनछु भन्दा आमाले अंगालोमा हाल्दै हैन छोरा अजै तेरी आमा जिउदै छ । म पढ़ाउछु बुवा बिरामी भएर गर्न नसक्ने भए पनि म छु भनेर आश्वासन दिदा मलाई कस्तो लागेको थियो उ सम्झन्छ। सबै सम्झन्छ , एकएक गरि चलचित्रको पर्दामा जसरि …आमा बुवा दुवै अस्वथ र बृद्ध भए पनि मेरो र भाइ बहिनीको पढाइको खातिर ज्यालामजदुरीको लागि धाएको सम्झन्छ । उसको आखाबाट आसु आउछ सोच्छ त्यही भएर भनिएको होला । आकाश भन्दा ठुला बुवा हुन् पृथ्वी भन्दा ठुली आमा हुन् भनेर … त्यही पुग नपुग १२ जति पढाएर प्रदेशको मित्र विद्धा हो भन्न सिकाउने गुरुलाई पनि सम्झन्छ ।

सम्झन्छ प्रियसी संगको अन्तिम बिदाइ, घरको बिदाइ …घरबाट हिडेपछि काठमाण्डु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट बिमानमा आफ्नो लगेज भन्दा कयौ गुणा गर्हो सपनाको भारि बोकेको ।गाउमा विदेश गएपछि धेरै पैसा कमाउछु ,सबैका चाहना पुरा गर्छु। बहिनीलाई डाक्टर बनाउछु, भाइलाई आइटी पढाउछु , आमाको लुंगी र बुवाको पुरानो ढाका टोपी फेर्छु भनेको सम्झन्छ । अनि सम्झन्छ भाइ, बहिनि अनि बुवा आमासंग गरेका बाचा ,प्रियसी संगको कसम । आमाले फोनमा अब बाकी रहेको थोरै ऋण पनि छ भनेको सम्झन्छ । यसपालीबाट आफुले बिहानको मात्र खाना खाई बाकि सबै पैसा जम्मा गरि घरको चाहना पुरा गर्ने , अर्को वर्ष पिंकी सित बिबाह गर्ने …घरमा मातापिताको मुहारमा प्रशन्नता देख्ने हेतुले आफ्नो जिन्दगी संग सम्झौता गर्ने अठोट लिन्छ , आफुले घर बाट आउदा जुन कपडा अनि जुत्ता किनेको थियो । तिनैलाइ साची राख्छ तिनै संग सम्झौता गर्छ मैले देखेका सपना पुरा नभए सम्म म यिनै लगाई काम गर्छु । आफु एकछाक खाएर भए पनि मिहेनत गरेर धेरै पैसा जुटाउछु भन्छ ,एउटा नया संकल्प गर्छ भोलि बाट पहिलेको भुपाल नभएर नया भुपाल बनि जाने अठोट लिन्छ । पानी नपाएर ओइलाउदै गरेको गुलाफको फूलमा पानी राखेर मौलाउन सहयोग गर्ने अठोट गर्छ । अर्को साल शिब रात्री मनाउने जान्छु भन्ने प्रतिज्ञा गर्छ ।( फोन खोलेर नेपाली पात्रो हेर्छ त्यहा लेखिएको हुन्छ २०७५/११/२० गते महाशिब रात्री, हिजो… आज २०७१/११/२१ झसंग हुन्छ कति बजेछ भनेर हेर्छ । बाफ्री सुत्ने समय भएछ सुत्नु पर्यो फेरी भोलि जबमा जान सक्दिन भन्छ मनमनै .. फोनलाई टेबलमा राख्छ पानी पिएर सुत्छ अनि मिठो निद्रा र सपनीको साथमा अर्को लोकमा प्रबेस गर्छ)

भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे
(२०७५/११/१८)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.