कविता : मायालु अनि भेडेटार

~राइमाण्डु~

उफ्फ कस्तो गर्मि बढ्यो हौ ।
हेर त तिम्रो निधार बाट मुल फुटेको मोति दाना ।
उधो तिर गाला घाँटी हुँदै टिलपिल टिलपिल गर्दै झरेको ।
हैन ।

ए… मायालु जुङ्ना हौ माथी डाडातिर ।
जाङ हौ एसो सित्तल खादै माया साट्न ।
मन सङ्ग मन बाध्न ।
अनि खाइदिउला जुनि जुनि पुग्ने कसम ।
त्यो निसाने बाट धरान र सुन फल्ने फाट को भ्यु हेर्दै ।
तिम्रो हात मेरो कम्मर मा बेर्दै ।
उ त्यो माथी को भेडेटार जुङ ।
आ…. मरि लानु के छ र ।
गर्मी उसै ।
पट्यार लाग्दो मान्छे को भिड ।
हेर त कत्ति सित्तल होला त्यो भेडेटार ।
तिम्रो काख र भेडेटार उस्तै उस्तै लाग्छ ।
सित्तल मायालु अनि स्वर्ग सरि।
आहा !!!!
क्या गजब ।
कत्ती रमाइलो सित्तल अनि मनोरम ।
साच्चै तिम्रै काख जस्तो।
हेर त उ त्यहा तल फाट ।
सिरिरिरि चिसो बतासले कानमा गुनगुनाउदै छ ।
हाम्रै जोडि देखेर डाहा ले केही भन्दै छ ।
बादलुहरु ले भेडेटार लाई घपक्क घुम्टो ओढाएको ।
छिनमै धपक्क घमाइलो ।
छिनमै कुहिरो ।
तिमी जस्तै रैछ भेडेटार पनि ।
बिना कारण छिन मै रिसाएर खुइमे हुने ।
छिनमै खुसी भएर धपक्क बल्ने ।
साच्चै अचम्मको ठाउँ छ हौ ।
स्वर्ग बरु नहोला एति रमाइलो ।
आहा ! साच्चै रमाइलो भेडेटार ।
औधी रमाइलो भेडेटार ।।।

– राइमाण्डु

-ईटहरी

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.