कविता : त्यो लाहुरे

~अजय विश्वोकर्मा `सीमान्त´~

त्यो लाहुरे
लगातार
समयले
घोक्रे ठ्याक
लगाएर हिडिरहको
जिन्दगीमा विराम लिन
खोजेको त्यो लाहुरे
लगातार
हिडिरहको छ
सकिनसकी
आफ्नो गोर्खेलौरीको
सहारामा
घन्टाघर को छेउमा बसेर
आफ्नो दाहिने
जेबको घडी निकाल्दै
नियाल्छ बारम्बार
जस्तो कि

जीवनबाट निवृत्त हुन चाहन्छ

तातो पानी खान नपाएर
चिसोले ग्रस्त
खोकिरहेको छ
निरन्तर
कहिले छाती छाम्छ
कहिले घाटी समात्छ
त्यो लाहुरे

जिवनबाट बितृष्णा जागेर
आएको जिबनलाइ
घिर्सादा घिर्सादा
हैरान भैसकेको छ
र त
निवृत्त हुन चाहन्छ जिबनबाट
उ त्यो लाहुरे
अनि उसलाई सजिलो हुनेछ
विरासत बोकेको इतिहास बिर्सन
खुन र पसिनाले सिचिएको
माटोमा बिलिन हुन
नत्र उसले पर्नेछ भुल्न
आफ्नो जीवनको अायुको परिधी
र बन्नुपर्नेछ बलभद्र

अजय विश्वकर्मा `सीमान्त´
सैनिक आवासीय महाविद्यालय
मङ्गलगढीे,सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.