~सीता अर्याल~
पर बाट जो आएनी तिमी आयौ जस्तो लाग्छ
उतै फर्कि उभिएर हेरी रहुँ जस्तो लाग्छ
समयले नेटो काट्यो कुरी बस्दा तिमीलाई
काँसै सरी शिर फुल्यो पर्खी बस्दा तिमीलाई
क्षितिज् पारी तिमी छौ की कुदी जाउँ जस्तो लाग्छ
उतै फर्कि उभिएर हेरीरहुँ जस्तै लाग्छ
कालो बादल आकाशमा दर्के झरी आँसु बन्यो
आशा रैछ महौसधी मेरो बाँच्ने साथी बन्यो
सर्माएर अरू हाँस्दा तिमी हौ की जस्तो लाग्छ
उतै फर्कि उभिएर हेरीरहुँ जस्तो लाग्छ।
-सीता अर्याल,
म्याडिसन,अमेरिका।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)