कविता : संवृद्धि खोज्दैछ उदयपुर

~कुबेर काका~


बैँसको उन्मादमा आफूले गरेको कर्ममा
अहमता व्यक्त गर्दै
माहुते नभएको मत्ता हात्तीजस्तै
मन परी विचरण गर्ने
त्रियुगा बरुवा ताउ रसुवा ककरु र यारीहरू
अवसर पाउँदा कुर्लिने खोल्सा र खहरे
आफ्ना कर्मको प्रायश्चित गर्नलाई
शासित हुने इच्छा प्रकट गर्दै
आज सम्म त कोही जन्मेनन्
अब को जन्मन्छ ! भनेर भविष्य नियाली रहेछन् ।


मातृत्वमाथि हमला गर्दै बलात्कार गर्ने खोज्नेको
सल्लाहकार र मतियार भएर
भातृत्व विर्सिदै दमन गरेर
चास्की र चुस्कीमा रमाउनेहरू र
आफ्नो छातीमा लडी बडी गरेर हुर्किएर
वयस्क भई दौडँदै मातृत्व बिर्सिएर
पलायन हुनेहरूलाई अवसरवादीहरूलाई धिकार्दै
विवशतामा बाँधिएर प्रतिकार गर्न नसक्नेहरूलाई
विदेशमा पसिना बगाउँदै रगत र आँसु बेच्नेहरूलाई
टुलुटुलु हेर्दै गहभरि आँसु पारेर इमान र कर्तव्य पथमा हिडन
तिमीहरूले त सकेनौ तिम्रा सन्तानले अवश्य सक्नेछन् भन्दै
सान्त्वना दिलाउँदै संवृद्धि खोज्दैछ उदयपुर


नसा नसामा बग्ने अमृत तुल्य अमूल्य
पानी सदुपयोग नभई खेर गई रहेछ
कागजका खोस्टामा योजना बनाएर
राष्ट्रको ढुकुटी दुरुपयोग हुँदा
बाली लगाउन नपाएका कृषक आकाश हेरी रहेछन्
परिश्रमको प्रतिफल नपाउने भए पछि
खेत बारी बाँझो पल्टी रहेछ
छोरा नातिलाई विदेशमा बेची रहेछन्
मातृत्व मोह गर्ने सन्तान
एक दिन त अवश्य जन्मिएला भनेर प्रतीक्षा गर्दै
उदयपुर संवृद्धि खोजी रहेछ ।


आफ्नो गर्भमा भएको खनिजहरू
उत्खनन नभएर
अपच भएर रोगिदै
जिर्ण रूप लिएर
आफ्नै सन्तानबाट अपहेलित र तिरष्कृत
भएर छटपटिदै
निष्कासित खनिजलाई राष्ट्रको प्रेम र दुरुपयोग गरेर
विलो लगाउँदै बाँडेर खान उद्धत भएकाको
संरक्षक र आरक्षका भएर
जनताको सेवा गर्ने भनी
निर्वाचित भएका सुविधा भोगी
कुर्सी लिप्त जन प्रतिनिधिहरूलाई धिकार्दै
सबल सक्षम मातृ मोह सन्तानको
भ्रूण धारण गर्न प्रतीक्षा गर्दै
संवृद्धि खोजी रहेछ उदयपुर

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर
उदयपुर सिमेण्ट उद्योग लिमिटेडमा कार्यरत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.