~दिल थापा~
यो मेरो समाजले
परिवर्तनका शब्द
सुल्टो गरी पढाउँदा नि बुझेन l
उल्टो गरी पढाउँदा नि बुझेन l
वर्षों लगाएर पढाए
बुझेको जस्तो अनुहार कसैको देखिएन ।
त्यसैले दिनहुँ म दिउँसै
लालटिन बोलेर सहरको चोक चोकमा खोजे
तर कतै भेटिन l
तर एक दिन सहरभरि हल्लाको ताइफु आयो।
मैले परिवर्तनका शब्द पढाएको निहुँमा ।
दिउँसै लालटिन बालेर सहर डुलेको निहुँमा
राज्यले
म विरुद्ध पक्राऊ पुर्जी तयार पार्दैछ रे ?
मैले बर्सौँ लगाएर
राज्यसत्ताको रश्मिको किरण
कैले नआउने समाजलाई
चेतनाको अलिकति एन्टिबायटिक दिएकै हो ।
शीतल स्वभावलाई अलिकति विद्रोही बन्न सिकाएकै हो।
युवाहरूलाई एकीकृत र जागरुक हुन पनि सिकाएकै हो।
मेरो समाजमा l
मैले ल्याउन चाहेको सपनाको सुनामी आउँदै थियो ।
यो तिमीलाई मान्य भएन छ क्यारे
सहरभरि फेरि अर्को हल्ला छ ।
म विरुद्ध सार्वजनिक मुद्दा दायर गर्दैछ रे?
तिम्रो मुठ्ठीमा थियो।
सम्पूर्ण अख्तियार ।
चुम्बकमा झैँ ।
त्यसैले सबैलाई तिमी महान् हो । भन्ने
भ्रमस्मृती भर्न फलामलाई सिकायौँ ।
तिम्रो महिमा फैलियो इबोलाजस्तै ।
मर्दै गए हाम्रो भाषा
लोप हुँदै गए हाम्रो संस्कृति
फेरिँदै गए हाम्रो रहनसहन
अफ्रिकाका काला मानिसजस्तै
यस्तो अवस्था देखेर
मैले यी चीजलाई बचाउन मात्रा खोजेको हो।
त्यसैले आकर्षण हुन्थेनl
पित्तेले तामा सिसा आदि आदि ।
मैले त राज्यले यिनीहरूलाई जीवन बुटी दिनुपर्छ मात्रा भनेको ।
तर मलाई जातिवादको आरोप लगाउँदै छ रे?
आगो त सल्किनु मात्रा पर्ने रहेछ ।
त्यसले एउटा सामाज्य आफै ग्रहण गर्दो रहेछ ।
मुसल धारे झरीको दुख बिर्सेर ।
आज आगो दन्किएको छ l
गहत साम कौनी छर्ने भिरालो टाकुरासम्म
तराईलाई बोल्न अनुरोध गर्दै
सायद मेरो पनातिको पालाबाट
गहत झ्याँङ्गहरु ठूला-ठूला हुन्छन् होला।
साम र कैनीका डाँठहरू मोटा मेटा हुन्छन् होला ।
म आजभोलि यस्तै- यस्तै कल्पनाका किताब
कालीगंगाका शलीग्राम ढुङ्गामा लेखिरहन्छु ।
दिल थापा मगर
दमौली तनहुँ
हाल जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )