~पवित्रा बुढामगर~
उठ्नुपर्छ अब हामी एक हुँदै देशको निम्ति
लड्नैपर्छ अब हामी योद्दा बनि देशको निम्ति
जुट्नैपर्छ अब हामी कुशासनको सत्ता फाल्न
थाल्नुपर्छ यो देशमा उज्यालोको ज्योति बाल्न
भनिराछन् जवरजस्ती संघीय व्यवस्थामा जान
खोजिराछन् सुन्दर देशलाई टुक्रा पारी बाडी खान
सबले बुझ्नुपर्छ यहाँ संघीयतामा जानु हुन्न
गएपछि मातृप्रेम, भातृप्रेम केही पनि राम्रो हुन्न
थरी थरी भाषा यहाँ थरी थरी जात
जात जातिमा लडाई पार्ने कस्तो तिनको आँट ?
भूगोलले नि संघीयतालाइई दिन्न यहाँ साथ
चुनौतीका पहाड छन् संघीय प्रणालीमा त
सिंगो देश टुक्रा पारी विदेशीलाई खुवाउन बाँकी छ
विकास गर्ने मन भए एउटै नेपाल काफी छ
एकात्मक प्रणालीमा विकेन्द्रीकरण जाति छ
संघीयतामा जाने राष्ट्र असफल कति छ ?
बुझौं अब सबै जना नेपाललाई जोगाउनु छ
नयाँ संविधानमा हाम्ले संघीयता भगाउनु छ
संघीयता रहेसम्म बन्ने छैन संविधान
थालौं अब गाउँगाउँबाट देश जोगाउने आन्दोलन
– अधिकारी चौर–५, बाग्लुङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४० – Aug. 28, 2013 – २०७० भाद्र १२ गते, बुधबार)