~सुरेन्द्र जोशी~
भन के कविता सुनाउ ?
सुन्ने का लागि सुनाउ
या गुन्नेका लागि सुनाउ
प्रेम वियोगी कविता, प्रेम भोगी कविता सुनाउ ?
हजार चोट का लाख पिडा छन
हिजोको एउटाको प्रेम भयो
उसले उनलाई सुन्दर देख्यो
मुसुक्क हासी प्रेम पोख्यो
काहानी सुरु भयो, चौबिस घण्टा पछी
प्रेमिकाको गाला र निधार मा पोते सिन्दुर देख्यो
कुनामा बस्यो कविता लेख्यो, यस्तै कविता सुनाउ ?
एक युवक को भोडका को भोकल लेखेको छु
हिड्छु सधै घर बाट यात्रा थाहा छैन
भुइँ तले घर देख्दा ठिकैछ जस्तो मान्छु
दुइ तले घर देख्दा मलेसिया जान्छु
तिन तले भवन देख्दा अम्रिका जाउँ लाग्छ
तर घरमा माड पाक्न बुवाको हाड घिसिएको
पच्चिस बर्स देखि देख्दैछु,
यस्तै कविता सुनाउ
रोजगारी खोज्न रोज गाडी चड्दै
हात मा न्यानो पारि डिग्री च्याप्दै
भित्र छिर्दा लकको टेन्सन
बाहिर आउदा ज्याक को टेन्सन को भारि बोकी
पारि गएका हजारौ छन
देश मा धन कामाउन विदेश गएका धेरै मन हरु
रातो बाकस मा बोझ बनि आउदै छन
सुन अब कथा सुनाउछु
भ्रस्ट पेट को उत्सब मनाउन जम्काभेट हुन्छ
चार भोड्का र आचार आउछ
एउटा ले साधेको भटमास मगाउछ
आराम ले राम जप्दै खान्छन
एउटाले हेर्छ, आर्को ले देख्छ
हरिजंग तिवारी ६७% लेखिएको भटमास राखेको पेपर
अझै सुनाउ कविता ?
बाजाउ तालि
कसैले गरेपनि गालि
डाको हाली हाली,
बुद्दी नभएका आफुलाई बुद्ध भन्ने हरु
चिर त्यो आवाज हरु, जिन्दावाद र मुर्दावाद को लागि
आफु मा नपारुन्जेल कसैले देख्दैन
अरुमा परेको कसैले हेर्दैन
चिसो छ शरीरमा लाउन कपडा छैन
गर्मि छ पसिना पुछ्न रुमाल छैन
बजाउ तालि जोर ले बजाउ सुनाउदैछु कविता
जोर ले बजाउ
नजिकैको एउटाको छोरो ले आत्महत्या गरेको छ
त्यो पनि तिमि जस्तै छोरो हो
नजिकैको एउटा छोरीको सिन्दुर टुटेको छ
त्यो पनि तिमि जस्तै छोरी हो
हुन त यहा बुद्दु हरुको जमात छ
सहि गलत नछुट्याई चाकरी गर
कोहि योगी बन कोहि भोगी बन
बाकि रहेका जोगी बन
अझै बाकि रहन्छौ भने बजाउ तालि
सुन ! आफ्नो आवाज कहिल्यै न ब्युझाउँनु
ज्योतिस ले राम्रै हुन्छ भनेको छ
आफु कैल्यै नकोर्नु भित्रि अवाज लाइ कलम ले
बोलाउनु मलाई ए मान्छे कविता सुनाउ भनेर !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)