~हिराछवि श्रीशा~
सुनाउन देशको कुरा वर्तमानको
के भा’छ कुन्नि कुरा संविधानको
भाटा लिई हिड्दै छौ रे फेरि तिमी
के सुन्नु परेको हो नौजवानको
हिंसा त्यागी शान्ति लिई आयौँ भन्यौ
के के कुरा पत्याउनु खै ? शैतानको
तिम्रा ती नेता सबै महलमा छन
के लड्छौ लडाइँ तिमी, अन्जानको
देशलाई स्वर्ग बनाउने हाम्रो चाहा
तिम्रा नेता कुरा गर्छन् संसानको
(अर्घाखाँची)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १६ – Mar. 11, 2015 – २०७१ फागुन २७ गते, बुधबार )