गजल : छुरा नजाती

~आवाज शर्मा~

दुनियाँले देख्दो रै छ छुरा नजाती ।
नियत खराब हुने नै हो पूरा नजाती ॥

एकैछिनको साथ दियो जुनीभरको याद ।
मनपरेको मान्छेको यही कुरा नजाती ॥

कठै ! केही भएकै छैन चर्चा सुरु भो ।
यी बित्थैका गालपारा चुरा नजाती ॥

नजरबाटै नशा चढ्यो पागल थिएँ म,
जानाजानी मातेँ बन्यो सुरा नजाती ॥

मैले यस्सो के खोकेथेँ वाह ‘आवाज’ रे,
जेलाई पनि गजल भन्ने भुरा नजाती ॥

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.